Page Nav

HIDE

Grid

GRID_STYLE

Breaking News

latest

छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग लेखनाथ,२२ जेष्ठ । कोरनाको विश्वब्यापी प्रभाव परिरहेको विषम अवस्थामा एक दयालु मनले आफनी छोरीको जन्मदिनको...

छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग


लेखनाथ,२२ जेष्ठ ।

कोरनाको विश्वब्यापी प्रभाव परिरहेको विषम अवस्थामा एक दयालु मनले आफनी छोरीको जन्मदिनको अवसर पारेर बृद्धाश्रमलाई सहयोग गरेकी छन् ।

लकडाउन जारी रहेको अवस्थामा पनि सामाजीक दुरी कायम राख्दै पोखरा ७ हिमाली टोल निवासी प्रिया गुरुङले छोरी सेनाजको पाचौं जन्मोत्सवको अवसर पारेर पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेकी हुन् ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै गुरुङले आश्रममा रहेका ५१ जना जेष्ठ नागरिकहरुका लागि फलफुल लगाएत खाद्याय सामाग्री सहयोग गरेकी हुन् ।

छोरी सेनाजको जन्मोत्सवका अवसरमा आमा प्रिया गुरुङले आश्रम संचालन समितीका अध्यक्ष प्रेम लिगललाई विहिवार उक्त सामाग्री हस्तान्त्रण गरेकी हुन् ।