BREAKING NEWS

Friday, March 31, 2017

भु पु सैनिक समाजका पथ प्रर्दशक हुन्


लेखनाथ,१८ चैत।
जागिरे जिबन पछि सेवा निबृत भएका भुपु सैनिकहरु समाजका पथ प्रर्दशक भएको सुक्रवार लेखनाथमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
संयुक्त गोर्खा भुपु सैनिक क्लवको आठौं बार्षिकोत्सव समारोहका बक्ताहरुले जागिरे जिबनमा भोगेका आफना अनुभवलाई समाज रुपान्तरणका लागि भुपुहरुले काम गर्दै युवाहरुलाई सकरात्मक शन्देस दिनु पर्नेमा जोड दिएका हुन् ।
संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन गर्दै ९२ वर्षिय भुपु सैनिक अमरशिह गुरुङले जागिरे जिवनको अनुभवलाई जागिर पछि समाजीक क्षेत्रमा खर्च गर्न सके भावि पुस्तालाई प्रेरणाको स्रोत हुने विचार राखेका थिए।
सोही अवसरमा रोयल सहकारी सस्थाका प्रवन्ध निर्देशक भीम गुरुङ,सस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,आदीवासी जनजाती महासंघ लेखनाथ नगर समोन्वय परिषदका अध्यक्ष जंगवहादुर गुरुङ,ङयोए तमु धि लेखनाथका अध्यक्ष मनवहादुर गुुरुङ,मालपोत कार्यालय लेखनाथका प्रमुख चिरञ्जीवि पौडेल,लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे लगाएतले आफनो जन्म भुमिलाई सम्झेर जागिरे जिवनको अनुभवलाई विकास निर्माणमा समाहित गर्नु पर्ने सुझाव राखेका थिए।उक्त कार्यक्रमको संचालन क्लवका सचिव सुवेदार मेघ वहादुर गुरुङले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .