BREAKING NEWS

Wednesday, February 15, 2017

लेखनाथ महोत्सवको गण्डकी तारामा उत्कृष्ट १० छनोट


भीमपाणि बराल
लेखनाथ,४ फागुन
लेखनाथ महोत्सवको  गण्डकी तारामा उत्कृष्ट १०  छनोट भएका छन् । लेखनाथको तालचोकमा जारी १३ औं संस्करणको लेखनाथ महोत्सवको सातौं दिनसम्म मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारामा पहिलो चरणबाट छनोट भएका १६ प्रतिपर्धीहरु मध्येवाट ओम काजी थापा,सोनु कुमार विक,उमा चौधरी,यामबहादुर नेपाली,विसाल रेग्मी,लक्ष्मण परियार,सुनिल थापा मगर,प्रमिला बराल,सविना नेपाली र सुभास विक उत्कृष्ट १० मा छनोट भएका छन् ।

गण्डकी तारा विजेताले ५० हजार र उप विजेताले २५ हजार नगद पुरस्कार पाउने बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तालाले जानकारी दिएका छन् ।
फागन ८ गते सम्म चल्ने महोत्सवको सातौ दिन आज दोहोरी तर्फ खुमन अधिकारी, कृष्ण अधिकारी, पर्शुराम अधिकारी, कृष्ण गुरुङ, शान्ति डोटेल हाश्य व्यङगय तर्फ वलराम सरकार पप तर्फ कमल खत्री, मनोज गुरुङ साथमा मोडल डान्स, विद्यालय स्तरीय चाइल्ड ट्यालेन्ट सो, रत्यौली प्रतियोगिता र गण्डकी ताराका टप १० को गायन प्रस्तुति रहने छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .