BREAKING NEWS

Sunday, February 19, 2017

लेखनाथको शिद्धेश्वर मन्दिरमा महायज्ञ सुरु


 भीमपाणि बराल
लेखनाथ, ७ फागुन।
लेखनाथ नगरपालिका वडा नं ८ शिसुवाको डुडाको मुखमा रहेको श्री शिद्धेश्वर शिव मन्दिरमा सनिवार देखि श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सव सुरु भएको छ ।
महाशिव रात्रिको अवसर पारेर फागुन १४ गतेसम्म हुन लागेका महायज्ञको सनिवार एक समारोहका विच उद्घाटन गर्दै संसद यज्ञवहादुर थापाले धर्मका नाममा गरिने महायज्ञले सरकारी स्तरवाट गर्न नसकेका बिकास निर्माणका काम सम्भव भएकाले महायज्ञको आर्कोको नाम विकासको अभियान भएको धारणा राखेका थिए।
धर्मले मानिसलाई आत्मसन्तुष्टी दिने भएकाले धेरैको सहभागितामा संकलन गरिएको सानो सानो रकमबाट स्थानिय स्तरमा आवस्यक पर्ने विकास निर्माणका पुर्वाधारहरु खडा गर्ने भएकाले यसमा सरकारी तहबाट पनि सहयोग हुने बिश्वास दिलाउदै सांसद थापाले सहभागितात्मक विकास नै अहिलेको आवस्यकता रहेकोमा जोड दिएका थिए।
उक्त ठाउमा रहेको जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने, पर्यटकीय स्थलका रुपमा विकास गराउदै जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने उदेश्यले राखिएको महायज्ञमा करिव एक करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञमा युवा पण्डित बन्धुराज खनालको मुखराविन्दुबाट संगितमय धार्मीक प्रवचन हुने कार्यक्रम रहेको छ।  
आयोजक सस्थाका अध्यक्ष सोमलाल कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य विनोद प्रसाद लामिछानेले स्वागत र समितिका सचिव भरतराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।
महायज्ञ उद्घाटन अघि यज्ञ स्थलबाट विभिन्न आमा समुह,टोल विकास सस्था र स्थानिय सामाजिक संघ सस्थाको सहभागितामा निस्किएको कलश यात्रा ¥याले,मोहोरिया,शिसुवाचोक,खयरखोर हुदै पुन यज्ञ स्थलमा आई पुजामा परिणत भएको थियो ।  
महायज्ञको तयारीका लागि  विभिन्न २२ वटा उप समिति सहित एक हजार ५१ सदस्य मुल समारोह समिति निर्माण गरि तयारीलाई अगाडी वढाईएको छ भने करिव दुई रोपनी क्षेत्रफल भित्र फैलियको मन्दिर परिसरमा ब्यवस्थीत तर्थस्थल निर्माण गरि आम भत्तजनहरुमा धार्मीक भावनाको विकास गराउने उदेस्यले महायज्ञ  गर्न लागिएको बताईएको छ ।







Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .