BREAKING NEWS

Friday, February 10, 2017

भरतपोखरीको शिशुकल्याण आधारभूत विद्यालयमा जारी महायज्ञमा ७० लाख संकलन


लेखनाथ, २८ माघ
कास्कीको लेखनाथ १७ स्थित शिशुकल्याण आधारभूत विद्यालयमा जारी महायज्ञको चौथो दिन पोखरा २३ का समाजसेवी भरत रायमाझी परिवारले पाँच लाख एक हजार रुपैयाँ दान दिएको छ । 
जारी महायज्ञमा शुक्रबार भरतसहित श्रीमती सम्झना, छोरी सानी र छोरा सरश रायमाझीको नाउँमा उक्त रकम विद्यालयलाई दान दिइएको महायज्ञ मूलआयोजक समिति महासचिव डिल्लीराम बरालले जानकारी दिए ।लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लालकृष्ण शर्माले नगरपालिकाकाको तर्फबाट पाँच लाख, लेखनाथ भण्डारढिकका पुष्पमणि भण्डारीले तीन लाख पाँच हजार, लेखनाथ १७, ठूलढुंगाकी लोकमाया आचार्यले एक लाख ५५ हजार, पोखरा २३ को समाज सुधार आमा समूहले एक लाख ११ हजार, लेखनाथ १७ गण्डकीवेशीका चूडामणि पौडेलले एक लाख ११ हजार, लेखनाथ १७ तोरीचौरका जगदीश सुवेदीले एक लाख, लेखनाथ १७ ठूलढुंगाका विनोद भारतीले एक लाख एक हजार, लेखनाथ १७ ठूलढुंगाका दुर्गा बरालले एक लाख, लेखनाथ १७ ठूलढुंगा हाल पोखरा सिमलचौरका सुरेन्द्र पौडेलले ३५ हजार, क्षेत्रपुर चितवनका इ हरि भण्डारीले २५ हजार रुपैयाँ दान दिएका छन् ।
महायज्ञमा हालसम्म ७० लाख रुपैयाँ संकलन भएको प्रचार संयोजक मोति गिरीले बताए ।विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सवमा दानवीरले स्वतःस्फूर्तरुपमा दान दिने गरेका छन् । महायज्ञ फागुन २ सम्म चल्नेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .