BREAKING NEWS

Friday, February 10, 2017

चलचित्र लेकसाईड प्रदर्शनीमा


भीमपाणि बराल
लेखनाथ ,२८माघ  
पोखराको पर्यटकिय गतिविधीलाई समेटेर तयार पारिएको चलचित्र लेकसाइड पोखराको बारही र लेखनाथको मन्दिप मिलन चलचित्र घरमा प्रर्दशनि भईरहेको छ।
लेखनाथ ४ निवासी युवा ब्यवसायी चन्द्र ज्योती ढुंगानाले निर्माण गरेको चलचित्रले पोखराको पर्यटन विकासमा सहयोग पुग्ने गरि लेकसाइडको हिजो,आज र भोलीका दिनहरुको सम्भाव्यतालाई समेटेर चलचित्र तयार पारिएको हो ।
पोखराको लेकसाईडमा आन्तरिक तथा बाह्यि पर्यटन भित्राउन सहयोग पुग्ने गरि पारिवारीक र सामाजिक विषय वस्तु भित्र रहि निर्माण गरिएको चलचित्रको माध्यवाट मनोरङजन दिने उद्देश्य राखिएको निर्मात ढुगाना बताउछन् ।
चलचित्रको नायकको भुमिकामा जिवन लुइटेल र नायिकाको रुपमा निता ढुगानाले अभिनय गरेकी छन् भने खलनायकको रुपमा पोखरा कै एक सय ५० केजी भन्दा बढी तौल भएका मिन गुरुङले अभिनय गरेर चलचित्रलाई रोचक बनाएको ढुगानाको दावी रहेको छ।
राजु अधिकारीको निर्देशन र दिपक अधिकारी र भगवान भण्डारीको सह निर्देशनमा तयार भएको चलचित्र लेकसाईडको लेखन,गित र संगितको भुमिकामा समेत ढुगाना स्वयम रहेका छन् ।
गत माघ २५ गते प्रमियर सो बाट सुरु भएको चलचित्र माघ २८ गते देखि हलमार्फत दर्शकहरुका माझ आएको चलचित्र लेकसाईडमा सुगम पोख्रेल,अन्जु पन्त,राजेश पायल राई,प्रमोद खरेल र विनय केतुले स्वर दिएका छन् भने चलचित्रमा दिपक ढकाल,एन्जल ढुगाना,सरोज कोईराला,दिपक ज्योती ढुगाना,हरि भण्डारी,रामप्रसाद गौतम,निर्मल लामा,टिका अर्याल लगाएतले अभिनय गरेका छन् ।
पोखराको सेरोफेरोमा केन्द्रित भई निर्माण भएको चलचित्र लेकसाईडले पोख्रेली दर्शकहरुको मन जित्न सक्ने विश्वास लिईएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .