BREAKING NEWS

Wednesday, February 22, 2017

नर्मदेश्वर मोक्ष आश्रममा महायज्ञ शुरु


लेखनाथ ११ फागुन
नर्मदेश्वर मोक्ष आश्रम सरक्षण समितीको आयोजनामा मदौरुकुनामा वुधवार देखी महायज्ञ शुरु भएको छ । वुधवार देखी शुरु भएको महायज्ञमा वोल्दै प्रमुख अतिथी सिद्ध वावाले धर्म र सस्कृतीको सरक्षमा कुनै पुर्वाग्रह नराख्न आग्रह गर्नुभयो ।  उहाँले परिवर्तन गर्नको लागी पहिले ज्ञानको आवश्यकता पर्दछ, त्यसैले सर्वप्रथम यसको उपयोगिताको वारेमा वुझ्नु पर्नेमा जोड दिए । करिव ५ करोडको लागतमा निर्माण योजना सहित गरीएको शिवपुराण कोटी रुद्र सगितमय ज्ञान महायज्ञमा लेखनाथ वासीहरुको वाक्लो उपस्थिती देखिन्थ्यो । प्रचिन शुक्ला गण्डकी र वर्गादी नदीको संगम स्थल मदौरुघाटमा निर्माणाधिन मन्दिरमा यस पटक सन्त सम्मेलन समेत आयोजना गरीएको छ । ११ दिन सम्म चल्ने महायज्ञमा नेपाल र भारतवाट गरी करिव १ हजार वढी सन्तहरुको उपस्थिती रहने प्रचार प्रशार संयोजक विष्णु सुवेदीले जानकारी दिइन् । प्रखर वक्ता चैतन्य कृष्णजिको मुखार विन्दवाट कथा वाचन गर्ने महायज्ञमा उपवाचक सुधा सापकोटा रहेकी छन् । 
नेपाल र भारतमा नै पहिलो पटक हुन लागेको महायज्ञ फागुन २१ गते सम्म हुनेछ । संरक्षण समितीका अध्यक्ष झविन्द्रराज आचार्यको सभापत्विमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पुर्व सांसद् शुक्रराज शर्माले गर्नुका साथै सञ्चालन सचिव किरण भण्डारीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .