BREAKING NEWS

Monday, February 6, 2017

अपाङ्गलाई भुकम्पीय जोखिमबाट जोगाउने उपायबारे जानकारी

पोखरा २३ माघ ।।
भूकम्पबाट अति जोखिममा रहेको देश जापानका प्रतिनिधिहरुले नेपालमा भूकम्पपछि अपांगता भएका व्यक्तिहरुलाई  सुरक्षा गर्न सकिने उपायहरुबारे जानकारी गराएका छन् ।


स्वावलम्बन जीवन पद्धती नेपालको आयोजनामा पोखरामा हालै भएको “भूकम्प प्रतिकार्य अपांगता भएका व्यक्तिहरुले पाउने सुविधा” विषयक कार्यक्रममा नेपालमा अपांगता भएका व्यक्तिहरु कसरी सुरक्षित रहन सक्छन् भन्ने विषयमा जानकारी गराईएको थियो । सो अवसरमा नेपालका लागि जापानी सहयोग नियोग (जाईका) नेपालका नेपाल कार्यक्रम निर्देशक रेईको नाकाईले जापानमा प्रत्येक अपांगका लागि व्यक्तिगत सहयोगी राख्ने गरिएको अनुभव सुनाउँदै नेपालमा पनि त्यस्तै अभ्यास गर्न आवस्यक रहेको बताउनुभयो  । नकाईले जापानको अनुभवबाट नेपालले धेरै सिक्न सक्ने बताउनुभयो ।
जाईका ओकाहावाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले नेपाल सरकारको तर्फबाट भुकम्प प्रभावित अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
स्वाबलम्बन जीवन पद्धति नेपालका अध्यक्ष हितमान छन्त्यालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव हेमबहादुर गुरुंगले गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .