BREAKING NEWS

Tuesday, February 21, 2017

लेखनाथको शिद्धेश्वर महायज्ञमा नौ लाख ३५ हजार संकलन


लेखनाथ, १० फागुन ।
फागुन ७ गते देखि लेखनाथको शिसुवा स्थीत डुडाको मुखमा संचालीत श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सवको चौथो दिनसम्म नौ लाख ३५ हजार संकलन भएको छ।  
श्री शिद्धेश्वर शिव मन्दिरको ब्यवस्थापन र स्थानिय सामाजीक संघ सस्थाको सहकार्यमा महाशिव रात्रिको अवसर पारेर फागुन १४ गतेसम्म चल्ने महायज्ञमा मंगलबार मात्र पाँच लाख ३५ हजार नगद संकलन भएको प्रचार प्रसार उप समितिका संयोजक भरतराज न्यौपानेले जानकारी दिएका छन् ।
महायज्ञको चौथो दिन लेखनाथ ८ निवासी लक्ष्मण छन्त्याले एक लाख एक हजार एक सय ११,सर्वजित सुनार लेखनाथ ८ बाट ५१हजार एक सय ११ र डुडाको मुख टोल विकास सस्था र आमा समुहले सामुहिक रुपमा ५० हजार ५५ दान गरेका हुन्।
महायज्ञमा मंगलबार भक्तजनको बाक्लो उपस्थीति रहेका कारण दान गर्नेको सख्या र रकममा पनि अन्य दिनको तुलनामा बढेको बताईएको छ । उक्त ठाउमा रहेको जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने, पर्यटकीय स्थलका रुपमा विकास गराउदै जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने उदेश्यले राखिएको महायज्ञमा युवा पण्डित बन्धुराज खनालले दैनिक रुपमा संगितमय धार्मिक प्रवचन दिदै आएका छन् ।
करिव दुई रोपनी क्षेत्रफल भित्र फैलिएको मन्दिर परिसरमा ब्यवस्थित तर्थस्थल निर्माण गरि आम भत्तजनहरुमा धार्मीक भावनाको विकास गराउने उदेस्यले संचालीत महायज्ञमा करिव एक करोड संकलन गर्ने लक्ष्य राखिएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .