BREAKING NEWS

Friday, February 3, 2017

नेपालमा सुचना प्रविधि (Information Technology in Nepal)

विष्णुप्रसाद खनाल (2014)

सुचना प्रविधि भनेको सवै प्रकारका सँचारहरुको अविष्कार, विकास , बिस्तार र उपयोगको समष्टिगत स्वरुप हो। यस अन्र्तगत कम्प्युटर, हार्डवयर, सफ्टवेयर, नेटवर्कियर, सफ्टवेयर, नेटवर्किङ्ग, टेलिफोन,मोवाइल फोन, रेडियो, टेलभिजन, डाटा,भण्डार, मेमोरीकार्ड,नोटप्याड आदि सवै पर्दछन । सुचना प्रविधि बहुउपयोगी बिषयबस्तु हो । होटल ब्यवसाय , पर्यटन हवाईसेवा , बैकिँग , बिमा ,ब्यवसाय, स्वास्थ लगायत सबै प्रकारको उद्योग ब्यवसाय लगायत सबै प्रकारको उद्योग ब्यवसायहरुमा यसको ब्यापक उपयोग गरीन्छ ।

यो सुचना प्रविधिको युग हो । सुचना प्रविधिले आज ठुलो फड्को मारेको छ । सुचना प्रविधिमा आएको तिब्र विकासले मानव जिवनमा आमुल परिवर्तन ल्याएको छ । कम्प्युटर फ्याक्स मेसिन, फोटोकपि मेशिन, स्क्यानर, मोवाइल फोन, ल्यापटप,डिजिटल क्यामरा , सि.सि.टि.भी. क्यामरा , इन्टरनेट , रेडियो,टेलीभिजन , आदि सँचारका साधनहरुले मानिसको दैनिक जिवन सहज र सुखमय बनाइदिएको छ । नेपाल पनि सुचना प्रविधिको बिकासबाट अछुतो रहन सक्दैन । सुचना प्रबिधिको बिकासले देशको हरेक पक्षलाई प्रभाव पारेको छ ।
नेपालमा बि.सं २०५० साललाई सुचना प्रविधि बिकासको प्रारम्भ बर्ष मान्न सकिन्छ । त्यसबेला मुलुकमा मर्कन्टाइलवाट पहिलो पटक इमेल सेवा प्रारम्भ भयो । आज नेपालले सुचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । देशमा अहिले सन् २०११ सम्म इन्टरनेट प्रयोगकर्ताहरुको सँख्या करिव ५,७७,८०० पुगेको छ । नेपालको व्यवसाय प्रवर्धन समेत इन्टरनेट प्रविधिले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । 
नेपालमा सुचना प्रविधिको तिव्र बिकास भइरहदा सुचना प्रविधिले देशको बिकट भौगोलिक दुरीलाई समेत घटाएको छ । सजिलो बिधिबाट सस्तो दरमा छिटो छरितो सुचना आदान प्रदान गर्न सकिने भएकाले मुलुकमा आधुनिक सुचना प्रविधिको प्रयोग बढ्दो छ ।
दुरसँचार क्षेत्रमा सँख्यात्मक एवँ गुणात्मक बृद्धि भइरहेको छ । दुर सँचार सेवा प्रदायक तथा सेवा प्रयोक्तहरुको सँख्या बृदि हुनुका साथै नविन र अत्याधुनिक प्रविधि युक्त दुरसँचार सेवाहरु प्रदान गर्न थालेको कारणले गर्दा यस क्षेत्रको सेवामा सँख्यात्मक तथा गुणात्मक बृद्धि भइरहेको छ । मुलुकका ३ हजार ९ सय गाउँ बिकास समितिमा टेलिफोन सेवा पुगेको छ । चालु आर्थिक वर्षको आठ महिनामा विभिन्न प्रविधिका टेलिफोन सेवा पुगेको छ । चालु आर्थिक बर्षको आठ महिनामा बिभिन्न प्रविधिका टेलिफोन १ करोड १४ लाख ४२ हजार ३ सय १८ लाइन बितरण भई २०६७ फागुन मसान्त सम्म टेलिफोन घनत्व ४०.३० प्रतिशत पुगेको छ । 
२०६७ फागुन मसान्तसम्म देशभर इन्टरनेट , एडिएसएल, जिपिआरएस, सिडिएमए, सिडिएमए स्काई डाटा र इन्टरनेट प्रयोगकर्ताको सँख्यामा क्रमश ६५ हजार ३ सय २७ । ४३ हजार ४ सय ४७ , ११लाख ७७ हजार ४ सय २१ ,२२लाख ६७ हजार ८ सय २१ पुगेको छ । त्यसैगरी अनुमति प्राप्त आधारभुत टेलिफोन ३,जिएसए मोवाइल २, नेटवर्क सेवा ९, भिस्याट सेवा १ सय ६ , इन्टरनेट सेवा ४७ , जिएमपिसिएस(न्ःएऋक्) ३, ग्रामिण टेलिफोन २, लिमिटेड मोविलिटी १ सय ९ , अन्तराष्टिय टँ«कल सेवा २, ग्रामिण भिस्याट र ग्रामिण इन्टरनेट सेवा प्रदायक ६ गरी जम्मा २ सय ९७ सेवा प्रदायक सँख्याहरु रहेका छन् ।
चालु आर्थिक बर्ष ७०।७१ को बार्षिक बजेट अनुसार सुुचना प्रविधिको क्षेत्रमा विश्वसनियता अभिबृद्धि गर्न कम्प्युटर फोरेन्सिक प्रयोगशालाको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको छ । सन् २०१७ सम्ममा नेपाल टेलिभिजनको एनालग प्रविधिलाई डिजिटल प्रविधिमा लैजान प्रारम्भिक कार्य सुरु गरिने छ । अगामि आर्थिक बर्ष नेपाल टेलिभिजनको तेस्रो च्यानलको स्थापना गरी सँचालनमा ल्याइने छ र इटहरी र कोहलपुरमा क्षेत्रिय प्रसारण केन्द्र सँचालन गरिने छ । मुद्रण बिभागमा अत्याधुनिक सुरक्षण मुद्रण सम्वन्धि यन्त्र उपकरण जडान गरी सुरक्षण मुद्रणको कार्य प्रारम्भ गरिने छ । बि.सं २००८ सालदेखि हालसम्मका राजपत्रहरुको अभिलेखिकरण कार्य सम्पन्न गरिनेछ । सरकारी सँचार माध्ययमहरुको व्ययभार कम गर्न रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सँस्थान र राष्ट्रिय समचार समितिले साझा स्ट्रिन्जर प्रयोग गर्न व्यवस्था मिलाइने छ । बनेपा बर्देवास सडक खण्डमा अप्टिकल फाइवर विस्तार गर्ने र भवनसहितका ३० वटा कम्युनिटि इ सेन्टर निर्माण गर्ने कार्य सम्पन्न गरिने छ । दोलखा जिल्लामा अन्तराष्ट्रिय स्तरको चलचित्र नगरी निर्माणको प्रारम्भिक कार्य गरिने छ । सुचना प्रविधिको गुरुयोजना तयार गरिने छ । हेटौंडामा डाटा सेन्टर स्थापनाका लागि अत्याधुनिक मेशिन खरिद गर्न रु ५करोड विनियोजन गरिएको छ । बि.पि. प्लानेटोरियम भवन निर्माण गर्न रु १२ करोड छुटयाइएको छ । बिश्व दुरसँचार युनियनले अन्तरिक्षमा उपलब्ध गराएको स्थापना आफ्नै भु उपग्रह स्थापनाका लागि अध्ययन गरिने छ । लोककल्याणकारी बिज्ञापनका लागि हाल उपलब्ध गराउदै आएको बजेटमा २५ प्रतिशतले बृद्धि गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .