BREAKING NEWS

Tuesday, February 7, 2017

पत्रकार छत्र परियारको परिवारलाई आर्थिक सहयोग

                                                    काठमाडौं, माघ २५ । 
काठमाडौंमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका पत्रकार छत्र परियारको परिवारलाई संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा परियार मित्रता समाज – कतारबाट परियार मित्रता समाजका केन्द्रिय अध्यक्ष सुमन नेपाली, परियार मित्रता समाज, रुपन्देहीका सचिव सपना परियार र परियार मित्रता समाज, रुपन्देहीका सह–सचिव आशिष परियारमार्फत रु. १८ हजार सहयोग प्राप्त भएको छ । त्यस्तै युकेमा कार्यरत रिता परियारबाट रु. ५ हजार सहयोग प्राप्त भएको छ ।  

दाङ निवासी स्वर्गीय छत्र परियारको केही समय अघि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । ‘मृत्युपछि उहाँको परिवारलाई दैनिक गुजारा असहज भएको र केही सहयोग उठाउन सके परिवारलाई (विशेषगरि सानो १ वर्षे बालकलाई) केही भएपनि राहत पुग्ने थियो’ पोखरा घर भई काठमाडौंमा कार्यरत पत्रकार सन्तोष परियारले भने, ‘थोरै–थोरै भएपनि सहयोग जुटेको छ, खुशी लागेको छ ।’ 
उनले थपे, ‘जे जति सकिन्छ, विश्वभरका साथीहरुबाट सहयोगको वाचा आइरहेको छ ।’ यसभन्दा अघि पनि सन्तोष परियारको पहलमा विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरि छत्र परियारको उपचार भइरहेको र उपचार गर्दागर्दै वहाँको मृत्यु भएपछि पनि परिवारलाई राहत दिने कार्य गरिएको थियो । साथै गल्र्स राइजिङ्ग रुमले पनि परिवारलाई सहयोग गरेको थियो ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .