BREAKING NEWS

Wednesday, February 1, 2017

डायमण्ड माविको २८ औं वार्षिकोत्सव


लेखनाथ, माघ १९
डायमण्ड माविको २८ औं वार्षिकोत्सव बुधबार विविध कार्यक्रका साथ सम्पन्न भएको छ । वार्षीकोत्सव समारोहको पोखरा बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक चिरन्जीवि शर्माले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै प्रा.शर्माले दक्ष जनसक्ती उत्पादन गर्न बिद्यालयको महत्वपुर्ण भूमिका रहेको बताउँदै बिद्यालयले संचालन गरेका क्रियाकलापको प्रशंशा गरे ।कार्यक्रममा बोल्दै, लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी प्रमुख लाल कृष्ण शर्माले समाज र देशमा प्राज्ञिक र नैतिक आचरण युक्त मानिसको खाँचो छ भन्दै उक्त वातावरण सृजना गर्न बिद्यालयको सिकाइ महत्वपुर्ण हुने बताए । कार्यक्रमकै बिच बिभिन्न सांस्कृतीक कार्यक्रम तथा बिद्यार्थीहरुको प्रतिभा, क्षमता र सृजनात्मकता प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न तहमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाइ पुरस्कार तथा बिद्यालयमा रहि १० वर्ष भन्दा बढी समय काम गरेका कर्मचारी तथा शिक्षकलाइ दिर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएकोकार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य, प्याब्सनका उपाध्यक्ष प्रेमप्रसाद शर्मा, विद्यालय निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्याय, भूपू विद्यार्थी डा रमेश शर्मा,अभिभावक इन्द्रबहादुर थापा, विद्यालयका ब्यवस्थापन हरिप्रसाद लामिछाने, शिक्षक नारायण पराजुली, विद्यार्थी रक्षा भण्डारीलगायत बोलेका थिए

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .