BREAKING NEWS

Thursday, February 23, 2017

बेगनासतालमा माछा महोत्सवको तयारी पुरा


लेखनाथ , १२ फागुन
लेखनाथ नगर क्षेत्रमा माछा र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले तेस्रो बेगनास फिस फेस्टिबलको तयारी पुरा भएको छ ।
बेगनास जाऔं, माछाका परिकारमा रमाऔं भन्ने मुल नाराका साथ फागुन १४ गतेदेखि १६ गतेसम्म बेगनासताल किनारमा हुने फेस्टिभलको ९० प्रतिशत तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजना र स्थानीय सामाजीक संघ सस्थाको सहकार्यमा हुने फेस्टिभलको मुख्य आकर्षकमा माछाका परिकार, मोटरबोटमा ताल शयर, तथा वराह मन्दिर दर्शनको अवसर, माछा रोग शिविर र पानी जाँच्ने कार्यक्रम, माछा, मह कफी प्रदर्शनी रहेको होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । बेगनासताल क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार, आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धन, माछा, मह, कफीको प्रचार प्रसार, स्थानीय माछाहरुको संरक्षण र जानकारी गराउन फेस्टिबल आयोजना गरिएको थापाले जानकारी दिए ।
फेस्टिबलमा पप कन्सर्ट, हास्य व्यंग्य, लोक दोहोरीको साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुंगा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षण कार्यक्रममा भुराहरु तालमा छाडिने प्रचारप्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिएका छन् । फेस्टिबलको ७५ हजार दर्शकले अवलोकन गर्नुका साथै ५० लाखको कारोवार हुने अनुमान आयोजकहरुले गरेका छन् । प्रवेश निशुल्क राखिएको फेस्टिबल गर्न १२ लाख खर्च लाग्ने र आम्दानी १४ लाख भई दुई लाख बचत हुने अनुमान थापाले सुनाए । उनका अनुसार बचेको रकम बेगनास ताल संरक्षण तथा सरसफाइमा खर्च गरिने भएको छ ।
बेगनास मत्स्य व्यवसायी समितिका अध्यक्ष झलक जलारीका अनुसार बेगनासतालबाट वार्षिक रुपमा साढे तीन टन माछा उत्पादन हुने गरेको छ । समितिमा ४२ जना सदस्य छन् । बेगनास मत्स्य अनुसन्धान केन्द्रका देवप्रसाद शर्माका अनुसार बेगनासमा ४६ प्रजातिका स्थानीय र रहु, नैनी लगायतका ९ प्रजातिका विकासे माछा पाइन्छ । जलारीका अनुसार काड,ेगर्दी,सेरा र फगेटा लगायतका केही प्रजातिका माछा लोभ भइसकेका छन् । पत्रकार सम्मेलनमा होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका महासचिव वीरभद्र कँडेल,नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना र पत्रकार सन्दिप पौडेल लगाएतले फेस्टिबलाई ब्यवस्थीत र प्रभावकारी बनाउन सवैको साथ र सहयोगको आबस्यक रहनेमा जोड दिएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .