BREAKING NEWS

Saturday, February 25, 2017

तेस्रो बेगनास फिस फेष्टीवल शुरु




लेखनाथ, फाल्गुन १४

लेखनाथ नगर क्षेत्रमा माछा र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरेको तेस्रो बेगनास फिस फेस्टीबल शुरु भएको छ । बेगनास जाऔं, माछाका परिकारमा रमाऔं भन्ने मुल नाराका साथ फागुन १४ गतेदेखि १६ गतेसम्म बेगनासताल किनारमा शुरु भएको कार्यक्रमको क्षेत्रिय प्रशासक यम कुमारी खतिवडाले उद्दघाटन गरेकी छन् । कार्यक्रममा वोल्दै खतिवडाले यस क्षेत्रको समग्र आर्थिक उन्नतीका लागि भएको महोत्सवले यस क्षेत्रको विकासमा टेवा पुग्ने विचार राख्दै आगामी वर्षमा अझ व्यवस्थित तरिकाले गर्नका लागि सरकारी तवरवाट विषेश सहयोग पुग्ने विचार राखेकी थिईन ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजना र स्थानीय सामाजिक संघ सस्थाको सहकार्यमा शुरु भएको फेस्टिभलको उद्घाटन कार्यक्रममा वेगनास युवा क्लबका अध्यक्ष मदनबाबु कोइराला, वेगनासताल बस व्यवसायी समितिका अध्यक्ष खेम गुरुङ, वेगनासताल महिला समुहकी अध्यक्ष विष्णु मायाँ तिवारी, वजार व्यवस्थापन समितिका अध्यक्ष, तमु समाज वेगनासताल इकाइका अध्यक्ष यम बहादुर गुरुङ, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विभिन्न सामाजिक संघ संस्थाहरुद्धारो झाँकी ¥याली प्रस्तुत गरिएको थियो । फेस्टिवलको मुख्य आकर्षकमा माछाका परिकार, मोटरबोटमा ताल शयर, तथा वराह मन्दिर दर्शनको अवसर, माछा रोग शिविर र पानी जाँच्ने कार्यक्रम, माछा, मह कफी प्रदर्शनी रहेका छन् । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिव विरभद्र कंडेलले गरेका थिए । फेस्टिबलमा पप कन्सर्ट, हास्य व्यंग्य, लोक दोहोरीको साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुंङ्गा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षण कार्यक्रममा भुराहरु तालमा छाडिने कार्यक्रम रहेका छन् ।फेष्टीवलमा २५ वटा स्टल रहनेछ । 

फेस्टिबलको ७५ हजार दर्शकले अवलोकन गर्नुका साथै ५० लाख बरावरको आर्थिक कारोवार हुने अनुमान आयोजकहरुले गरेका छन् । प्रवेश निशुल्क राखिएको फेस्टिबल गर्न १२ लाख खर्च लाग्ने र आम्दानी १४ लाख भई दुई लाख बचत हुने अनुमान गरिएको र बचेको रकम बेगनास ताल संरक्षण तथा सरसफाईमा खर्च गरिने भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .