BREAKING NEWS

Tuesday, February 21, 2017

त्रिबेणी इन्टरनेशनल कलेजको प्रथम साधारण सभा सम्पन्न

राजनैतिक अस्थिरताका कारण शैक्षिक क्षेत्र प्रभावित: उपकुलपति खनिया

लेखनाथ,१० फागुन।
लेखनाथको तालचोकमा रहेको त्रिबेणी इन्टरनेशनल कलेजको प्रथम साधारण सभा तथा नवनिर्मित भवनको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
गत शैक्षिक सत्रमा विभिन्न तह उत्रिण गरेका विद्यार्थीहरुलाई दिक्षित गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर तीर्थराज खनियाँले राज्यमा ब्याप्त राजनैतिक अस्थिरताका कारण शैक्षिक क्षेत्र प्रभावित भएको विचार राखेका थिए।
शौक्षीक क्षेत्रको विकास गर्ने काम सरकारको हो तर सरकारले नसकेपछि निजी क्षेत्रलाई जिम्मा लगाएर पनि उत्पादन भएका दक्ष जनशत्ति राज्यका पनि उत्पादन भएको धारणा राख्दै उप कुलपति खनियाँले उच्च तहको शौक्षीक विकासमा निती बेगरको निर्देशन हुने गरेकाले शौक्षिक क्षेत्र धरासायि भएको विचार राखेका थिए।
कलेज संचालक समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञवहादुर थापाले ज्ञान,विज्ञान,सिप र प्रविधियुक्त शिक्षा नै अहिलेको आवस्यकता रहेका धारणा राखेका थिए भने पोखरा विश्वविद्यालय मानविकी संकायका डीन ईन्द्र प्रसाद तिवारी र त्रिवी ब्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले प्रतिसप्रदामा जानु सक्नु नै विद्यार्थीको प्रगति भएको धारणा राखेका थिए।
कार्यक्रममा सस्थापक सेयर सदस्य शेखरराज बस्ताकोटी,कम्पनी अध्यक्ष राजेन्द्रमणि लामिछाने,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,विद्यार्थी कल्याणकारी समितिका पुर्व अध्यक्ष कमल गौतम लगाएतले युग र समय सुहाउदो प्राविधिक र सिप मुलक शिक्षा नै अहिलेको आवस्यकता भएकोमा जोड दिएका थिए।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीतर्फबाट सचिन रानाभाट, कमल गौतम, सुचना बराल र असिम पाण्डेलाई सम्मान गरीएको थियो भने उत्कृष्ट शिक्षकबाट सुनिलदत्त बराललाई सम्मान गरीएको थियो ।
विद्यार्थीहरुबाट विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको सो कार्यक्रमको संचालन कलेजका प्राध्यापक रामचन्द्र भण्डारीले गरेका थिए भने धन्यवाद ज्ञापन कम्पनी उपाध्यक्ष विष्णुप्रसाद बरालले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .