BREAKING NEWS

Tuesday, February 7, 2017

शिशुकल्याण आधारभूत विद्यालय भरतपोखरीमा श्रीमद्भागवत ज्ञानमहायज्ञ सुरु


लेखनाथ, २४ माघ

लेखनाथ १७ भरतपोखरीठूल्ढुंगास्थित शिशु कल्याण आधारभूत विद्यालयमा मंगलबारदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ सुरु भएको छ । संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले एक कार्यक्रमवीच उद्घाटन गर्दैसूचना तथा संचार प्रविधियुक्त पढाइ कार्यक्रमका लागि विद्यालयलाई स्तरोन्नति गर्न महायज्ञ महत्वपुर्ण रहने वताए। संसद विकास कोशबाट विद्यालयको शैक्षिक तथा भौतिक विकास गर्ने उद्धेश्यले दश लाख उपलब्ध गरिने समेत वताए। मंगलबार यज्ञ पूर्वाङ्ग तथा कलश यात्रा सम्पन्न गरी कार्यक्रम समुद्घाटन भएको हो । विद्यालयको शैक्षिक तथा भौतिक विकास गर्ने उद्धेश्यले माघ २५ देखि फागुन २ गतेसम्म ज्ञानमहायज्ञे े गर्नेविद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रीभद्र वरालले जानकारी दिनु भयो । 
सोमबार मोटरसाइकल र्याली सम्पन्न भएको थियो। प्रचारप्रसार उपसमितिका संयोजक मोति गिरी,े प्रमुख वाचक प .कमलनयन गौतम ,नेकपा एमालेका धनेश्वर अधिकारी , नेपाली कांग्रेसका विजय राज आचार्य लगाएतले बोलेका थिए। महायज्ञमा करीव दुई करोड रुपैया उठाउने र संकलित रकमवाट २१ औं शताव्दीलाई मध्यनजर राख्दै आवश्यक ज्ञान, सीप र व्यवहाािरक प्राविधिक , सूचना तथा संचार प्रविधियुक्त पढाई संचालन गरिने छ । 

हाल कक्षा ८ सम्म संचालन हुंदै आएको सो विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म पुर्याइने वताइएको छ । श्रीमद्भागवतको प्रमुख वाचकमा प .कमलनयन गौतम रहनु हुने महासचिव डिल्लीराम बरालले वताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीभद्र बरालको मूलसंयोजकत्वमा महायज्ञ सफल बनाउन एक हजार एक सय ११ सदस्यीय मूलआयोजक समिति, तीन सय पाँच सदस्यीय सल्लाहकार समिति र ५१ वटा उपसमिति गठन गरिएको छ । विद्यालय मा एक सय ८० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रध्यानाध्यापक जगदीश सुवेदीले जानकारी दिए । मूलसंयोजक विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीभद्र बरालको अध्यक्षता मा भएको कार्यक्रम संचालन महासचिव डिल्लीराम बरालले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .