BREAKING NEWS

Tuesday, February 21, 2017

मदौरुकुनामा ज्ञान महायज्ञ तथा सन्त सम्मेलन गरिने


लेखनाथ, ९ फागुन।
लेखनाथ नगरपालिका वडा नं १ स्थीत सेती नदि र बगादी खोलाको संगम स्थल नर्मदेश्वर मदौरुकुना मोक्षधाममा यही फागुन ११ देखी २१ गते सम्म धार्मीक महोत्सव तथा शिवपुराण कोटिरुद्र ज्ञान महायज्ञ एंव सवा करोड दिप प्रज्वलन र अभुतपुर्व सन्त सम्मेलन गरिने भएको छ ।

नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिले गर्न लागेको महायज्ञका बारेमा जानकारी दिने उदेस्यले सोमवार राखिएको पत्रकार सम्मेलनमा ज्ञान महायज्ञ ११ दिनेसम्म चल्ने र यज्ञ अवधिभर देशभरका करिव एक हजार भन्दा वढि सान्त महन्तहरु आउने जानकारी गराईएको थियो ।

नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झबिन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचार प्रसार उप समितिका संयोजक बिष्णु सुबेदिले राष्ट्रिय एवं अन्तराष्ट्रिय विशिष्ट गुरु वर्गबाट प्रवचन हुने महायज्ञ स्थलमा गर्भ गृह भित्र १५ फिट उचाई र ३२ फिट लम्बाई र १५फीट चौडाई भएको गुफाभित्र दुई सय मीटर अग्लो शिवलिङ निर्माण गर्ने र यस मोक्षधाम भित्र बिभिन्न भगवानका मुर्तिहरु बनाउने र मन्दिरको गजुरमा नेपाल आमाको तस्बिर टासीने भएको छ ।   

उक्त ठाउमा परापुर्वक कालमा ऋषी कर्दम कस्सेप च्यवनले तपस्या गरेको ईतिहास किम्वोदन्ती रहेकाले पनि यस क्षेत्रलाई धार्मीक तथा ईतिहासीक तीर्थस्थलको रुपमा विकास गराउने उदेस्यले महायज्ञ गर्न लागिएको सचिव किरणराज भण्डारीले जानकारी दिएका छन् ।
  
यस धार्मीक स्थललार्ई नेपालको उदाहरणीय तथा नेपाल भारत कै नमुना तिर्थ स्थल बनाउने र पोखरा आएका पर्यटकलाई नर्मदेश्वर मोक्षाश्रमधामसम्म ल्याउने वातावरण मिलाईनेको दान उत्प्रेरक उप समितिका संयोजक मोती गिरीले जानकारी दिएका छन् ।  
महायज्ञ संयोजक एंव नर्मदेश्वर मोक्ष आश्रम संरक्ष्ण समितीमा अध्यक्ष झविन्द्रराज आचार्यले  नेपालमा पहिलो पटक र अरु भन्दा भिन्न महायज्ञ भएको हुँदा सवैले तन, मन र धनले सहयोग गरी मन्दिर निर्माण पुरा गर्न आग्रह गरे ।

कार्यक्रममा गोपालानन्द महाराजले सवैले धामको प्रचार  प्रशारमा जोड दिई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आग्रह गरे ।

महायज्ञका प्रमुख वाचबमा विश्व विख्यात चैतन्य कृष्णजीको मुखराविन्दुवाट संगितमय धार्मीक प्रवचन दिनु हुने भएको छ ।  
फोटो क्याप्सन ःलेखनाथको नर्मदेश्वर मोक्षधाममा गर्न लागिएको धार्मीक महोत्सव तथा शिवपुराण कोटिरुद्र  ज्ञान महायज्ञका बारेमा जानकारी दिने उदेस्यले राखिएको पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक झविन्द्रराज आचार्य

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .