BREAKING NEWS

Friday, February 24, 2017

लेखनाथको शिद्धेश्वर महायज्ञ एक दिन थप,अहिले सम्म ६१ लाख संकलन

भीमपाणि बराल
लेखनाथ,१३ फागुन ।
फागुन ७ गते देखि १४ गते सम्म संचालन गर्ने भनिएको लेखनाथको शिसुवा स्थीत डुडाको मुखमा संचालीत श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सवलाई एक दिन थप गरि फागुन १५ गतेसम्मलाई पु¥याईएको छ।
शिवरात्री महोत्सवका रुपमा लिईएको महायज्ञमा भत्तजनको चाप र आग्रहलाई मध्यनजर राख्दै एक दिन थप गरि समापनको कार्यक्रम फागुन १५ गतेलाई राखिएको प्रचार प्रसार उप समितिका संयोजक भरतराज न्यौपानेले जानकारी दिएका छन् ।
महायाज्ञको सातौं दिन शिवरात्री परेकाले सुक्रवार भक्तजनहरुको बाक्लो उपस्थीति रहेकाले दिनभर नै आयोजकहरुलाई ब्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । यज्ञ स्थलमा भएको शिव मन्दिरमा विहान देखि बेलुकासम्म दुध चढाउनेहरुको बाक्दो भिडले दान रकम पनि अन्य दिनको तुलनामा दोब्वरले बृद्धि भएको आयोजक सस्थाका सह सचिव विनोद प्रसाद लामिछानेले जानकारी दिएका छन् ।
महायज्ञमा युवा पण्डित बन्धुराज खनालको मुखराविन्दुबाट दैनिक रुपमा संगितमय धार्मिक प्रवचन भएकाले रोचक पुर्वक प्रवचन सुन्ने भक्तजनहरु आउने गरेकाले आयोजकहरुले अपेक्ष्या गरे अनुसारकै करिव एक करोड रकम उठ्न सक्नेमा आयोजकहरु विसोस्त देखिन्छन् ।
महायज्ञमा सुक्रवार मात्र सानो ठुलो गरि करिव २० संकलन भएको छ भने अहिले सम्म करिव ६१ लाख संकलन भईसकेको लेखा सह संयोजक उपेन्द्र पौडेलले जानकारी दिएका छन् । 
करिव दुई रोपनी क्षेत्रफल भित्र रहेको जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने, पर्यटकीय स्थलका रुपमा विकास गराउदै जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने लक्ष्य राखिएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .