BREAKING NEWS

Thursday, February 16, 2017

लेखनाथको शिद्धेश्वर मन्दिरमा हुने महायज्ञको तयारी अन्तिम चरणमा

भीमपाणि बराल
लेखनाथ,५फागुन ।
लेखनाथ नगरपालिका वडा नं ८ शिसुवाको डुडाको मुखमा रहेको श्री शिद्धेश्वर शिव मन्दिरमा आगामी फागुन ७ देखि १४ गतेसम्म हुन लागेको श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सवको तयारी तिव्र रुपमा अगाडी वढेको छ ।
महाशिव रात्रिको अवसर पारेर जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने उदेश्यले राखिएको महायज्ञका बारेमा जानकारी दिने उदेस्यले विहिवार राखिएको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो ।



उक्त ठाउलाई दिगो र पर्यटकीय स्थलका रुपमा विकास गराउदै जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने उदेस्यले आयोजना गर्न लागिएको महायज्ञका बारेमा प्रचार प्रसार उप समितिका संयोजक भरतराज न्यौपानेले जानकारी दिएका हुन् ।

आयोजक सस्थाका अध्यक्ष सोमलाल कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य विनोद प्रसाद लामिछानेले महायज्ञको तयारीका लागि  विभिन्न २२ वटा उप समिति सहित एक हजार ५१ सदस्य मुल समारोह समिति निर्माण गरि तयारीलाई अगाडी वढाईएको बताएका थिए ।
करिव दुई रोपनी क्षेत्रफल भित्र फैलियको मन्दिर परिसरमा ब्यवस्थीत तर्थस्थल निर्माण गरि आम भत्तजनमा धार्मीक भावनाको विकास गराउने उदेस्यले आयोजना गर्न लागिएको महायज्ञलाई ब्यवस्थीत र प्रभावकारी बनाउन स्थानीय आमा समुह,टोल विकास समिति, वन उपाभोत्ता समिति,विभिन्न संघ सस्था र वडा स्तरीय राजनितीक दलका प्रतिनिधीहरुको सामुहिक सहभागीतामा हुन लागेको महायज्ञमा करिव एक करोड उठाउने लक्ष्य राखिएको छ ।महायज्ञमा युवा पण्डित बन्धुराज खनालको मुखराविन्दुबाट धार्मीक प्रवचन हुने कार्यक्रम रहेको छ।







Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .