BREAKING NEWS

Sunday, February 19, 2017

लक्ष्य अनुसारको सफलता हात पार्दै सकियो लेखनाथ महोत्सव



लेखनाथ,८ फागुन ।

लेखनाथको तालचोकमा संचालीत १३ औं संस्करणको लेखनाथ महोत्सवले लक्ष्य अनुसारकै सफलता हात पार्दै आईतवार देखि सकिएको छ ।

विगतका महोत्सवले कमाएको ईतिहासिक सफलतालाई यस वर्ष पनि कायम गर्दै ११ दिन सम्म चलेको महोत्सवमा लक्ष्य अनुसारको सफलता हात पारेको छ ।

महोत्सव लेखनाथको सस्कृति,स्थानीय उत्पादन,विकास र संमृद्धि भन्ने मुल नाराका साथ पश्चिमाञ्चल क्षेत्रिय औधोगिक ब्यापार मेलाका रुपमा संचालीत महोत्सवको अन्तिम दिन सामान केही सस्तो पाईने भन्दै सामान खरिदका लागि दर्शकको ठुलो भिड देखिन्यो । अन्तिम दिन मात्र करिव २० हजार दर्शक भित्राउन सफल भएको प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारी वताउछन् ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवले यस वर्ष पनि सवैको सहयोग र साथले देश कै उत्कृष्ठ महोत्वसका रुपमा स्थापित भएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघक अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाई रहेको थियो ।

महोत्सव समापन समारोहमा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक यम कुमारी खत्रिवडाले निजी क्षेत्र आर्थीक विकासको मेरुदण्ड मात्र नभई ईन्जिन नै भएको विचार राख्दै निजी क्षेत्र र सरकारका विचको समन्वयबाट देश हुन सक्ने तर्क समेत राखेकी थिईन।

स्वदेशमा नै रोजगारीको सृजना गर्नका लागि सरकारी तहबाट ठुला उद्योगलाई लगानी मैत्री वातावरण र साना उद्योगको संरक्षणबाट मात्र देशको आर्थीक विकास गर्न सकिने तर्क राखेकी थिईन।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा संसद यज्ञवहादुर थापाले अवको १४ औं लेखनाथ महोत्सव प्रस्तावित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउने भनिएको सिलिङ बगैचामा गर्न आयोजकहरुलाई प्रस्ताव गरेका थिए।

कार्यक्रममा संसद श्रीमायाँ थकालीले यस प्रकारका मेला महोत्सवले दिदी वहिनी र नवोदित कलाकारको प्रतिभा प्रस्फुटन र स्थानीय उत्पादनको बजारीकरणको साथमा ब्यवसायीक प्रवद्धनमा सहयोग पु¥याउने विचार राखेकी थिईन।

संघका महासचिव छत्रधर आत्रेयले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए।

यता महोतसवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारा प्रतियोगितामा यमवहादुर नेपालीले गण्डकी ताराको उपादी हात पारी रु ५० हजार प्राप्त गरेका छन् भने उप विजेतामा सोनु कुमार विक घोषित भई रु २५ हजार प्राप्त गरेका छन् ।

यसै गरि महोत्सवको आर्को थप आर्कषका रुपमा रहेको रन्यौली गीत प्रतियोगितामा तोरीबारी आमा समुह लेखनाथ १७ भरतपोखरीले प्रथम स्थान हासिल गरेको छ भने द्धितियमा प्रगतिशिल महिला समुह लेखनाथ १२,तृतियमा खास्टेताल बराही महिला समुह लेखनाथ ४ र ६ भएको छ । दर्शकहरुको समेत मुल्याङकनबाट उत्कृष्ठ समुह छनोट गर्ने प्रक्रियमा माछापुच्छ्र आमा समुह पोखरा १४ पुरस्कृत भएको हो ।  

यसैविच महोत्सवको उद्रघाटनका दिन राखिएको झाकी ¥याली प्रदशनीमा नेपाल कपडा तथा सिलाई ब्यवसायी समिति लेखनाथ प्रथम भएको छ भने द्धितियमा बह्माकुमारी ईश्वरीय विद्यालय र तृतियमा क्षेत्री समाज नेपाल लेखनाथ घोषित भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .