BREAKING NEWS

Thursday, February 16, 2017

लेखनाथ जेसिजले मनायो १९ औं बार्षिकोत्सव



भीमपाणि बराल 
लेखनाथ,५फागुन
आज भन्दा ठिक १८ वर्ष पहिला बेगनासतालको किनारामा लेखनाथका सक्रिय युवाहरुको समुहले स्थापना गरेको लेखनाथ जेसिजले विहिबार आफनो १९औं बार्षिकोतसव मनाएको छ ।
लेखनाथमा पनि जेसिज स्थापना गर्नु पर्छ भनेर पोखरा जेसीजको प्रस्ताबमा लेखनाथका युवा ब्यवसायी बावुराम जमरकटेलको अध्यक्षतामा लेखनाथ जेसीजको स्थापना गरि अगाडी वढेको सस्थाले १८ बषन्त पार गरि विहिवार देखि १९औ वर्षमा प्रबेश गरेको हो ।
१९औं बार्षिकोत्सव कै अवसरमा लेखनाथ जेसिजका पुर्व अध्यक्ष,बर्तमान कार्यसमिति र जेसिज प्रेमीहरुको सामुहीक भेलाले स्थापना दिवस मनाएको हो ।
लेखनाथ जेसिजका अध्यक्ष सन्दिप ढुगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थापक अध्यक्ष बावुराम जमरकटेल,पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद कोईराला र पुर्व अध्यक्ष ऋषिराम जमरकटेलले युवाहरुको क्षमता अभिबृद्धि गर्दै युवाहरुलाई राष्ट्र निर्माणको बाटो तर्फ अग्रसर गराउनु नै जेसिज अभियान भएको धारणा राखेका थिए।
कार्यक्रम संयोजक उत्तम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन महासचिव रिता वास्तोलाले गरेकी थिईन।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .