BREAKING NEWS

Sunday, February 19, 2017

कञ्चनजंगाको रजत जयन्तीमा स्मारिका विमोचन


लेखनाथ,७ फागुन ।

लेखनाथ ८ शिसुुवामा रहेको कञ्चनजङ्गा एकडेमिक सेन्टरले आफनो रजत जयन्तीको अवसरमा तयार पारेको स्मारिकाको विमोचन गरेको छ । 
रजत जयन्ती समापन समारोहमा स्मारिका विमोचन गर्दै पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका निर्देशक विष्णुप्रसाद अधिकारीले स्मारिका ऐतिहासिक दस्तावेज र विद्यालयका गतिविधीहरुको संगालोका रुपमा रहेको भन्दै विद्यार्थीहरुलाई शैक्षिक ज्ञानको साथमा उनीहरुमा रहेको अन्तरनिहित प्रतिभाको पहिचान गरी युग सुहाउदो शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
सवै उत्कृष्ट विद्यार्थीहरु डाक्टर र ईन्जिनियर बन्नु पर्छ भन्ने छैन उनीहरुको क्षमता र इच्छा अनुसार अगाडि वढाउनु समयको माग रहेको समेत निर्देशक अधिकारीले बताएका थिए ।
चालु शैक्षिक सत्रलाई रजत वर्षका रुपमा मनाउदै आएको विद्यालयले सनिवार एक विशेष कार्यक्रमका विच समापन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरिक्षक विश्वराज आचार्यले पठन पाठनमा विद्यार्थी,शिक्षक र अभिभाकको त्रिकोणात्मक सम्वन्ध वलियो हुनु पर्ने धारणा राखेका थिए।
विद्यालयका प्रिन्सिपल सन्दिप अधिकारीले विद्यालय गतिविधी र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष प्रेमप्रसाद सुवेदी,भण्डारढिक स्रोत केन्द्रका स्रोत ब्यक्ति विष्णु प्रसाद तिवारी लगाएतले निजी विद्यालयको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्मारिका प्रकाशन समितिका संयोजक विष्णुहरि पौडेलले स्मारिकाको विषय बस्तु र तयारीका बारेमा जानकारी गराएको कार्यक्रममा विद्यालयमा लामो समय देखि सेवा गर्दै आएका सहायक प्रिन्सिपल वावुराम पौडेल,शिक्षक सुमन जिसी,गीता जमरकटेल र विष्णुबहादुर क्षेत्रीलाई दीर्घ सेवा सम्मान गरिएको थियो ।
विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भई पुरस्कार वितरण समेत गरिएको सो कार्यक्रममा स्वागत विद्यार्थी निकिता शर्मा र श्रेया लामाले गरेका थिए भने कार्यक्रम संचालन शिक्षक विष्णुहरि पौडेल र सुमन जिसीले संयुक्त रुपमा गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .