BREAKING NEWS

Thursday, February 16, 2017

लेखनाथको सैनिकमा लाईभ कन्सर्ट हुने



लेखनाथ, ७ फाल्गुन

आन्तरिक पर्यटन बढाउने र सांस्कृतिक कार्यक्रमहरूको जगेर्ना गर्ने उद्येश्यले Cityof7lakes.comले लेखनाथका युवाहरूसंगको सहकार्यमा लाईभ कन्सर्ट गर्ने भएको छ।लेखनाथलाई सात तालको शहर भनेर चिनाउन अनलाइनको माध्यमबाट प्रयत्नशील Cityof7lakes.comले विधिवत् उद्घाटन भएको ५ औ वर्षको सु-अवसरमा आयोजना गर्ने बताएको छ लेखनाथ-१ स्थित कृष्ण मन्दिर नजिकै हुने उक्त कार्यक्रम उक्त लाइभ कन्सर्टमा रबिन एण्ड द न्यु रेभोलुसन, माउण्ट ८८४८, द वेब, ड्रिमर्स लगायतका चर्चित ब्याण्डहरूको प्रस्तुति रहने छ।सो कार्यक्रमका लागि शुक्रबार लेखनाथ वरपर मोटरसाइकल र्याली समेत गरिएको छ।

फाल्गुन ७ गते शनिबार दिउसो १ बजे देखि हुने लाईभ कन्सर्ट आदर्श युवाक्लब लगायतका लेखनाथका युवाहरूसंगको सहकार्यमा हुनेछ।घुमफिर गर्ने उमेरका युवा युवतीहरूका लागि लेखनाथमा कार्यक्रमहरू अपुग भएको हुँदा, युवा युवतीहरूको उल्लेख्य सहभागिता गरि आन्तरिक पर्यटनमा थप टेवा मिल्ने भएकाले सो कार्यक्रम  महत्वपूर्ण हुने बताईएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .