BREAKING NEWS

Thursday, February 23, 2017

शिद्धेश्वर महायज्ञमा ४० लाख ६० हजार संकलन


भीमपाणि बराल
लेखनाथ,१२ फागुन ।
फागुन ७ गते देखि लेखनाथको शिसुवा स्थीत डुडाको मुखमा संचालीत श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ तथा शिवरात्री महोत्सवको छैटौं दिनसम्म आईपुग्दा करिव ४० लाख ६०हजार संकलन भएको छ ।
 महायाज्ञको छैर्टौ दिन मात्र १५लाख ६० हजार तीन सय ४० संकलन भएको हो । फागुन १४ गतेसम्म चल्ने महायज्ञको बिहिवार शिवप्रसाद न्यौपाने,टोपबहादुर थापा,गुणाखर सापकोटा,धनश्यम लामिछाने,शिब आचार्य,डोव बहादुर कार्की,प्रकाश गौतम,कृष्णप्रसाद लामिछाने,उपेन्द्र पौडेल,भरतराज न्यौपाने समेतको समुहले सामुहिक रुपमा दुई लाख २२ हजार दुई सय २२ रुपिया सहयोग गरेका हुन् ।  
यसै गरि विहिवार लेखनाथ ८ निवासी तुल्सी गिरि,रामचन्द्र गिरी,शिव गिरी र भरत गीरिको परिवारले ७५हजार एक सय ११,धु्रबकल्पीत सुवेदी र श्रीमती सविता सुवेदीले ५५हजार पाँच सय ५५,सोमलाल अधिकारी र श्रीमती तिलादेवि अधिकारीले ५२हजार एक सय ५१ ,कृष्ण प्रसाद रेग्मी र श्रीमती लीला रेग्मीले ५१हजार पाँच सय ५५ र लेखनाथ ८ शिसुवा निवासी धर्मराज चापागाई,दुर्गादत्त चापागाई,टिकाराम चापागाई एकराज चापागाई र डम्वरु वल्लब चापागाईको परिवारको तर्फबाट ५१हजार एक सय ११ सहयोग गरेको लेखा सह संयोजक उपेन्द्र पौडेलले जानकारी दिएका छन् ।  
महायज्ञमा विहिवार पनि सहयोग गर्ने भक्तजनको बाक्लो उपस्थीति रहेका कारण अन्य दिनको तुलनामा दान रकम पनि बढेको हो । करिव दुई रोपनी क्षेत्रफल भित्र रहेको जिर्णद्धार मन्दिरलाई कलात्मक शिव मन्दिर निर्माण गर्ने, पर्यटकीय स्थलका रुपमा विकास गराउदै जेष्ठ नागरिक बिश्राम स्थल, बाटिका तथा पुष्प उद्धान र शुभ मण्डप बनाउने उदेश्य राखिएको छ ।
करिव एक करोड उठाउने लक्ष्य राखिएको महायज्ञमा युवा पण्डित बन्धुराज खनालले दैनिक रुपमा संगितमय धार्मिक प्रवचन दिदै आएका छन

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .