BREAKING NEWS

Monday, February 27, 2017

सकियो फिस फेस्टिवल


भीमपाणि बराल
लेखनाथ, १६ फागुन ।
पर्यटन तथा प्रवर्धनका लागि बेगनासताल किनारमा संचालित माछा महोत्सवले लक्ष्य अनुसारकै सफलता हात पार्दै सोमवार सकिएको छ ।
फागुन १४ गते देखि संचालित ३ दिने फिस फेस्टिवलमा करिव ४ हजार के.जि. माछा विक्रि र ७० हजार दर्शकले फेस्टिवलको प्रतक्ष्य रुपमा अवलोकन गरेको आयोजकले जनाएका छन् ।
समापन समारोहमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले मेला तथा महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्दै यहाँ रहेका प्रकृतिक संम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।
मैनालीले यहाँ रहेका मौलिक  सस्कृतिको संरक्षण गर्न सके भावी पुस्ताले यसलाई सदुपयोग गर्न सक्ने भएकाले कास्की जिल्ला मेला र महोत्सवको जिल्ला हुन सक्ने विचार राखेका थिए ।

महोत्सवका मूल संयोजक दामोदर भक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, लि वर्ड कि प्रतिनिधि लाक्पा शेर्पा, वेगनास युवा क्लवका अध्यक्ष मदनवावु कोइराला लगायतले महोत्सवको समय छोटो भएकाले कम्तिमा पनि एक हप्ताको बनाउनु पर्ने शुझाव राखेका थिए ।
यशोशियसनका महासचिव विरभद्र कंडेलले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले गरेका थिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको मनोरंजनात्मक प्रस्तुति डुंगा दौड र पौडी प्रतियोगीता तथा दर्जन भन्दा बढी कलाकारको प्रस्तुती रह्ेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .