BREAKING NEWS

Tuesday, February 7, 2017

१३ औं लेखनाथ महोत्सवको तयारी पुरा

तीन लाख दर्शक र १५ देखि २० करोडको आर्थीक कारोवार गर्ने लक्ष्य
भीमपाणि बराल
लेखनाथ,२५माघ ।
समग्र पोखरा उपत्यकाको आर्थीक तथा सामाजिक विकासमा सहयोग पु¥याउने उदेस्यले आयोजना गर्न लागिएको १३ औं सस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।


लेखनाथ उद्योग बाणिज्य संघको आयोजना तथा अन्य सामाजिक संघ सस्थाको सहकार्यमा हुन लागेको महोत्सवका बारेमा जानकारी दिने उदेस्यले मंगलवार राखिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भई माघ २७ गते उद्घाटनको संघारमा रहेको जानकारी गराईएको हो ।
महोत्सव लेखनाथको सस्कृति,स्थानीय उत्पादन,विकास र संमृद्धि भन्ने मुल नाराका साथ पश्चिमाञ्चल क्षेत्रिय औधोगिक ब्यापार मेला यस बर्ष भने पहिला गरिदै आएको भण्डारढीक खेल मैदानवाट स्थानान्त्रण गरि लेखनाथको केन्द्र विन्दु तालचोकमा गर्न लागिएको हो ।   
विगतका महोत्सवलाई सफलता पुर्वक सम्पन्न गरि देश कै उत्कृष्ट महोत्सवका रुपमा चिनाउन सफल भएको लेखनाथ उद्योग बाणिज्य संघले यस वर्षको महोत्सवलाई अझ वढि प्रभाकारी र रोचक वनाउन महोत्सव भित्रको पनि महोत्सवका रुपमा अगाडी वढाउने लक्ष्य राखेको छ।
महोत्सवमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लुकेको प्रतिभाको खोजी गायन विधाको गण्डकी तारा,छात्र,छात्राको नृत्य तथा गायन कला प्रस्फुटनका लागि चायल्ड टालेण्ट सो,खुल्ला कविता वाचन प्रतियोगिता,मातृशत्तिको सम्मानमा रत्यौली प्रतियोगिता लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेस गरिने भएको छ ।
यसै गरि सवै वर्गका दर्शकहरुलाई हुने गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुबाट लोक दोहोरी,हास्य प्रहशन,पप कन्सट र साथमा औधोगिक ब्यापार मेला तथा कृर्षि प्रदशनीहरुलाई समेत समावेस गरिने भएको छ।
फागुन ८ गतेसम्म चल्ने ११ दिने महोत्सवमा करिव तीन लाख  र्दशक भित्राउने र करिव १५ देखि २० करोड बरावरको आर्थीक कारोवार हुने अपेक्ष्या गरिएको छ । महोत्सव संचालनबाट करिव ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च भई १० लाख वचत गर्ने लक्ष्य राखिएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीले अहिलेसम्म भएका प्रगति विवरण र महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए भने लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लालकृष्ण शर्मा पौडेल र नेपाल पत्रकार महासंध कास्की साखाका कोषाध्यक्ष रामप्रसाद तिमिल्सेनाले महोत्सवलाई सफल पार्न सवैको सहयोग र सद्भाबको आवस्यकता रहने विचार राखेको थिए। उक्त कार्यक्रमको  संचालन महासचिव छत्रधर आत्रेयले गरेका थिए।
महोत्सवमा उत्पादक र उपभोत्तालाई एकै  ठाउमा  प्रतक्ष्य सहभागीता गराउने उदेस्यले हस्तकला,दैनिक उपभोग्य,सुचना र प्रबिधि,विद्युतिय उपकारण,फुड फेस्टीवल,कृर्षिजन्य सुन्तला,माछा,मौरी,कफि,तरकारी,कुखुरा र दुग्ध जन्य उत्पादन,जैविक विविधता,बाल उद्धान र अटो प्रदशनी गरि करिव तीन सय स्टलहरु रहने भएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .