BREAKING NEWS

Sunday, January 22, 2017

विद्यार्थीले गरे शिक्षकको सम्मान

लेखनाथ,३ माघ ।
आफनो ठाउ छोडेर नेपालमा आई लामो समय देखि शिक्षण पेशामा रहि सेवा गर्दै आएका शिक्षक भोलासिंह ठाकुरलाईलाई शान्ति उदय माविका पुर्व विद्यार्थीहरुले एक कार्यक्रमका विच सम्मान गरेका छन् ।

विस २०४०साल देखि निरन्तर रुपमा कास्कीको लेखनाथ नगरपालिका वडा नं १८स्थीत शान्ति उदय माविमा सेवारत शिक्षक ठाकुरलाई उनले गरेको कार्य र निष्ठाको कदर स्वरुप सोही विद्यालयमा अध्ययन गरेका भुपु विद्यार्थी ईन्जिनियर तोयनाथ आचार्य  र पितृराज आचार्यले विद्यालयको ५७औं बार्षिकोत्सवको अवसर पारेर कदर पत्र,दोसल्ला र नगद ५०हजार रुपियाँ सहित सम्मान गरेका हुन् ।
हाल विदेश रहेका आचार्य दाजुभाइको तर्फबाट वुवा एवंम सोही विद्यालयका शिक्षक केदारनाथ आचार्य,भाईहरु लेखनाथ आचार्य र सुरेस आचार्यले उत्त सम्मान प्रदान गरेका थिए।
सम्मानीत शिक्षक ठाकुर भारतको विहार राज्यको ठाकुरवस्तीबाट आएर निमावि अस्थायी दरवन्दीमा रहेर मावि तहको समेत गणित र विज्ञान विषयको अध्यापन गराउदै आएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .