BREAKING NEWS

Saturday, January 7, 2017

शिशु कल्याण आधारभूत विद्यालयमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने


लेखनाथ, २३ पौष


लेखनाथ नगरपालिकाको वडा नं १७ ठूल्ढुंगास्थित शिशु कल्याण आधारभूत विद्यालयमा विद्यालयको स्तरोन्नतिका लागि श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धनधाञ्चल महोत्सव गरिने भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकास गर्ने उद्धेश्यले आगामी माघ २४ देखि फागुन २ गतेसम्म ज्ञानमहायज्ञ गरिने आज आयोजित पत्रकार सम्मोलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रीभद्र वरालले जानकारी दिनु भयो । 


महायज्ञमा करीव दुई करोड रुपैया उठाउने र संकलित रकमवाट २१ औं शताव्दीलाई मध्यनजर राख्दै युगसुहाउदो आवश्यक ज्ञान, सीप र व्यवहारिक प्राविधिक , सूचना तथा संचार प्रविधियुक्त पढाई संचालन गरिने भएको छ । हाल कक्षा ८ सम्म संचालन हुंदै आएको सो विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म पुर्याइने पत्रकार सम्मेलनमा वताइएको छ । 


ज्ञानमहायज्ञ एवं धनधाञ्चल महोत्सव सम्पन्न ग्र्न वरालको अध्यक्षतामा एक हजार १११ सदसीय मूल आयोजक समिति र ५१ विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । श्रीमद्भागवतको प्रमुख वाचकमा प .कमलनयन गौतम रहनुहुने शनिबार अायाेजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयाेजक माेती गिरीले बताउनुभयो ।

Photo by Bishnu Hari Poudel

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .