BREAKING NEWS

Monday, January 2, 2017

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको पत्रकार भेटघाट कार्यक्रम लेखनाथमा सम्पन्न गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको पत्रकार भेटघाट कार्यक्रम लेखनाथमा सम्पन्न गरिएको छ।


‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित माघ २७ देखि फागुन ८ सम्म पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि तथा हस्ताकलाका वस्तु, लघु एवम् घरेलु तथा साना उद्योग प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्ने महोत्सवको उद्देश्य रहेको जानकारी दिइयो । स्थानीय उत्पादनको बजारीकरण गर्ने सोचका साथ बाह्र बर्षअघि सुन्तलाबाट सुरु गरिएको महोत्सवको प्रभावले यस क्षेत्रमा रहेका सात तालको संरक्षण र कृषि उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा सहयोग पुगेको सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउनुहुन्छ । उहाँका अनुसार सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सहआयोजक रहेको सो महोत्सवको नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।  

भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा हुँदै आएको महोत्सव यस पटक भने तालचोकस्थित लगभग ५० रोपनी व्यक्तिगत जमिनमा हुने भएको छ ।  विभिन्न प्रकारका तीन सयवटा स्टल रहने सो महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र रु १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने प्रचारप्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा रु ९० लाख रुपैयाँ आम्दानी र रु ८० लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .