BREAKING NEWS

Friday, January 13, 2017

खास्टेताल खोलामा मोटरेवल पुल बन्ने


लेखनाथ,२८ पुस ।
 कास्की जिल्लाको लेखनाथ नगरपालिका वाड नं ४ को खास्टेताल खोलामा पक्कि मोटरेवल पुल बन्ने भएको छ ।
काम चलाउ कच्ची पुलका कारण आवत जावत देखि अन्य विकास निर्माणका काममा समेत प्रतक्ष्य असर परेको खरानेफाट कालिका ग्रामिण सडक खण्डको खास्टे तालखोलामा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आर्थीक सहयोगमा करिव एक करोड ५५ लाखको लागतमो आधुनिक मोटरेवल पुल निर्माण गर्न स्थानीयवासीहरु सहमत भएका हुन् ।

फोटो क्याप्सन ः खास्टेताल खोलामा बन्न लागेको मोटररेवल पुलको स्थलगत अवलोकन गर्दै

पुल निर्माणका लागि बजेट निकासा भई टेण्डर पक्रियको काम समेत सकिएको अवस्थामा स्थानीय नारायणराज तिमिल्सेना लगाएकका ११ जना जग्गा धनिले कास्की जिल्ला अदालतमा परमादेश सहितको निशेदआज्ञा पेश गरेकाले पुल निर्माणका सवालमा समस्या उत्पन्न भएको थियो ।

सोही ठाउँमा पुल निर्माण गर्न सकिने वा नसकिने भन्ने सवालमा बिहिवार जिल्ला विकास समिति कास्की र कास्की जिल्ला अदालयबाट गएको प्राविधिक सहितको प्रतिनिधी टोलीले स्थलगत अवलोक र नाप नक्शाङकन गरि स्थानीयवासीको राहे सुझाव अनुरुप पुल बनाउने सहमति भएको हो ।

हाल भएको कच्ची पुल जिर्ण हुदै गएको र सार्वजानीक स्थलमा पर्ने भएकाले पुल निर्माणमा केही विरोधका आवाज उठे पनि विकासमा लागि सहमति र सहकार्यका आधारमा अगाडी वढ्नु पर्ने भएकोले उत्त ठाउमा नै पुल बनाउनु पर्ने देखिएको छ ।

पुल निर्माणका सवालमा भएको उपभोत्ताहरुको आम भेलामा उपस्थित जनमानसले पुल,बाटो ,खानेपानी लगाएका विषयमा कोही कसैले पनि विरोधका आवज नउठाई सहमतिका आधारमा विकास निर्माणका काममा एक जुट भएर लाग्नु पर्ने सुझाव दिएका थिए।

उक्त ठाउमा पुल निर्माण भए पछि लेखनाथ नगरपालिका वडा नं ४ को राखिडाडा,कालिका गाविस,माझठान,सैमराङ,भाचोक,मिजुरेसम्मका उपभोक्ताहरुलाई पोखरासम्म आउने छोटो बाटो हुने भएकाले पुल निर्माणमा कोही कसैले आफनो ब्यत्तिगत फाईदा ब्यफाईदालाई नहेरी सामुहिक भलाईको काममा लाग्नु पर्ने आवस्यकता रहेको पुर्व जनप्रतिनिधी नारायण प्रसाद वरालले बताएका छन् ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आर्थीक सहयोग एवम् जिल्ला बिकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल ७.५ मिटर चौढाई ,१३ मीटर लम्वाई रहेको डवलल्याण्डको हुने छ जसको निर्माण कार्य तत्काल सुरु गरि एक बर्षको अवधिमा सम्पन्न गरिने सक्ने लक्ष्य रहेको जिल्ला विकास समिति कास्कीका सव ईन्जिनियर विष्णु पौडेलले जानकारी दिएका छन् ।पुल निर्माणका लागि शिव प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सहयोग समिति गठन गरि सकिएको छ ।

गत पुस २२ गते नारायणराज तिमिल्सेना र नरेश पोख्रेल पेश गरेको निशेदआज्ञाको उपर पुस २५ गते जिल्ला अदलत कास्कीमा विपक्षको तर्फबाट अधिवक्ता हेमराज बराल र खगेन्द्रराज आचार्यले बहस गरी सकेका छन्  भने अव माघ २ गते आईतवार पुन परमादेश उपर छलफल हुने कार्यक्रम रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .