BREAKING NEWS

Monday, January 2, 2017

पोखराको न्युरोडमा बसको ठक्करबाट महिलाको मृत्यु


पोखरा, १८ पौष
पोखराको न्यूरोडमा माईक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । चिप्लेढुंगाबाट न्यूरोड तर्फ जाँदै गरेको ग १ ख ३७५२ नंबरको माईक्रो बसको ठक्करबाट न्यूरोड बस्ने अन्दाजी ४५ वर्षिया रुविना गुरुङको ज्यान गएको हो । न्यूरोडको गण्डकी विकास बैँक शाखातर्फ जानका लागि बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घटनाबारे आवस्यक अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .