BREAKING NEWS

Friday, January 13, 2017

स्थानीय सिप,स्रोत र साधन विकासका मुल मन्त्र हुन् उपप्रधानमन्त्री महरा

भीमपाणि बराल
लेखनाथ, २९ पुस ।
नेपाल सरकारका उप प्रधानमन्त्री एवं अर्थमन्त्री कृष्ण वहादुर महराले स्थानीय सिप,स्रोत र साधनहरु विकासका मुल मन्त्र भएको वताएका छन् ।




लेखनाथ नगरपालिकाको वडा नं ११ पचभैयामा सामाजिक,शैक्षिक तथा वातारणीय विकास प्रतिष्ठान (सिड फाउण्डेशन) कास्की र स्थानीय जनसहयोग परिचालन गरी करीव ३२ लाखको लागतमा निर्माण भएको दुई तले महिला शसक्तीकरण भवनको सुक्रवार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।



स्थानीय सीप,श्रोत र साधनवाट वनेका संरचनाहरु दिगो र टिकाउ हुने विश्वास व्यक्त गर्दै हामीसँग भएको भएका यी वस्तुको सहि सदुपयोग गर्न सक्ने हो भने अरु कसैको परनिर्भरतामा बाच्नु नपर्नेमा समेत अर्थ मन्त्रि महराले जानकारी गराएका थिए ।

वैदेशिक सहयोगवाट वनेका संरचनाहरु केही समयका लागि राम्रा देखिए पनि पछि तिनीहरुको संरक्षणको अभावमा जीर्ण वन्दै जाने विचार व्यक्त गर्दै उनले स्थानीय क्षेत्रको विकासमा श्रोत र साधन जुटाएर संरचना वनाउन सवैसंग आग्रह गरेका थिए।

उपप्रधान एवं अर्थमन्त्री महराले धेरै लामो समयसम्म प्रजातन्त्र र अधिकारका लागि लडाई लडेको उल्लेख गर्दै उनले अव जे गरिन्छ त्यो आर्थिक समृद्धिको लागि गरिन्छ,अव राजनैतिक क्रान्ती सकिएकाले आर्थीक क्रान्तीको माध्यमवाट देशलाई समृद्धि तर्फ लानुपर्छ उनको भनाई रहेको थियो ।

उनले प्राकृतिक श्रोत र साधनको प्रचुर संभावना रहेकाले यस क्षेत्रको विकासलाई अघि वढाउन स्थानीय जनता पनि जागरुक हुनु पर्ने सुझाव राखेका थिए।
          
संस्थाका अध्यक्ष  नवराज अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञ वहादुर थापा , पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमाले लेखनाथ नगर समोन्वय समितिका सचिव मोहन गुरुङ्ग,माओवादी केन्द्रका लेखनाथ नगर अध्यक्ष शिवजी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र वडा नागरिक मञ्च लेखनाथ ११की संयोजक हरिमाया अधिकारी लगायतले विकासका लागि जनता र सरकारका विच सहकार्यता आवस्यकता रहेको औल्याएका थिए।

सस्थाका निर्देशक दामोदरभत्त थापाले संचालन गरेको सो कार्यक्रममा सचिव हरिप्रसाद घिमिरेले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुसिला गुरुङले आर्थीक प्रतिवेदन पेश गरेका थिए भने उक्त अवसरमा भवन निर्माणम सहयोग पु¥याउनु भएका सामाजीक संघ सस्था तथा ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .