BREAKING NEWS

Thursday, January 26, 2017

पुरुषले हेर्न नहुने रत्यौली लेखनाथ महोत्सवमा हेर्न पाईने



लेखनाथ,१३ माघ । 
महिलाहरुबाट प्रस्तुत हुने तर पुरुषले हेर्न नहुने परम्परा रहेको रत्यौलीलाई लेखनाथ महोत्सव स्थलमा हेर्न पाईने भएको छ। आफनो मौलीक संकृतीको रक्षा गर्दै उपस्थीत दर्शकलाई थप मनोरञ्जन दिने उदेश्यले यस पटक रत्यौली गीत प्रतियोगीता आयोजना गर्न लागिएको हो । ११ दिन सम्म चल्ने महोत्सवको प्रत्यक दिन रत्यौली हेर्न पाईने छ ।प्रतियोतिामा प्रथम हुने समुहलाई २५ हजार,द्धितिय हुने समुहलाई  १५ हजार र तृतिय हुने समुहलाई १० हजार, सन्त्वना हुने लाई ५ हजार प्रदान गरिने छ भने प्रतियोगीतामा सहभागी उत्कृष्ठ बेहुला बेहुलीलाई चार हजार र लुठोलाई २५सय प्रदान गरिने भएको छ । प्रतियोगीतामा सहभागी हुनका पाँच सय दर्ता सुल्क लाग्ने छ भने प्रतियोगिले १५ मिनेट सम्म आ आफनो  प्रस्तुति देखाउन पाउने छन् । यही माघ २५ गते भित्र दर्ता गरिसक्नुपर्ने छ ।

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ माघ २७ गते देखि फागुन ८ गते सम्म लेखनाथको तालचोकमा संचालन हुने  १३ औं लेखनाथ महोत्सवलाई सफल बनाउनका लागि विहिबार राखिएको महिला तथा आमा समुहहरुका  विच राखिएको छलफल कार्यक्रममा आमा समुहको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा महोत्सव उद्घाटन समारोहमा लेखनाथ नगर क्षेत्र भित्र रहेका सम्पुर्ण महिला तथा आमा समुहहरुको तर्फबाट सक्रिय रुपमा आ आफ्नो भेषभुषा सहित झाकी र्याली प्रदर्शन गर्ने निर्णय गरेका छन् । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकालले महिलाहरुलाई महोत्सवको माध्यमवाट उद्यमशिल बनाउने एउटा अभियान समेत रहेकाले यो महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरेपनि सवै लेखनाथबासीको गौरव र ईज्यतसंग जोडिएकाले महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोग आवस्यकता रहनेमा जोड दिएका थिए। 

संघका महासचिव छत्रधर आत्रेयले संचालन गरेको सो कार्यक्रममा रत्यौली गित प्रतियोगिताको संयोजक गितादेवी सुवेदी, संघका कार्यसमिति सदस्य डिलकुमारी दाहाल सन्ध्या, राधा सापकोटा, सल्लाहकार विमलाकुमारी थापा वस्नेत, सामाजिक परिचालिका समन्वय उपसमिति संयोजक जानुका पराजुली, महिला परिचालन उप समितिक संयोजक मेनुका श्रेष्ठ लगायतका वक्ताहरुले महोत्सवलाई सफल पार्नका लागि सवैको सक्रिय भुमिका रहनु पर्ने धारणा राखेका थिए।
फोटो संलग्न छ

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .