BREAKING NEWS

Sunday, January 29, 2017

लेखनाथ कपडा तथा सिलाई ब्यबसायी संघको प्रथम साधारण सभा


लेखनाथ, ६ माघ
नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ लेखनाथ नगर समितिको प्रथम साधारण सभा तथा अबिधेशन सनिवार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल कपडा तथा सिलाई ब्यवसायि संघ कास्कीका अध्यक्ष दिनेश परियारले सवै पेशा ब्यवसाय समान हुने भएको हुदाँ एक भएर अगाडी वढ्न आग्रह गरेका थिए। कार्यक्रममा बोेल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफुहरुले पनि बेला बेलामा तालिमहरु संचालन गरेर पेशागत दक्षता अभिबृद्धिमा सहयोग पु¥याउदै आएको बताए। संघका अध्यक्ष लालबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र वजगाई,संधकी सल्लहाकार उमा परियार, जिल्ला सचिव समिर परियार, सस्थापक कास्की जिल्ला अध्यक्ष शम्भु खाती, लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल,ब्यवसायिक गिता परियार लगाएतले ब्यवसायी हक हितका लागि ब्यवसायीहरु संगठित हुनु पर्नेमा जोड दिएका थिए।सोही अवसरमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल,समाधान राष्ट्रिय दैनिकका महेन्द्र ढुंगाना,सिटी अफ सेभेन लेक्स डट कमका राजन परियार,सह सचिव विनोद परियार र कोषाध्यक्ष चित्रकुमारी गुरुङलाईलाई विशेष सम्मान गरिएको थियो ।


संघका सचिव विरु गौतमले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष राजकुमार परियारले स्वागत मन्तव्य र कोषाध्यक्ष चित्रकुमारी गुरुङले र्आिर्थक प्रतिवेदन प्रस्तुत गरेकी थिईन। नेपाल कपडा तथा सिलाई ब्यवसायि संघ लेखनाथ नगर समितिको प्रथम साधारण सभा तथा अबिधेशनले आगामी कार्यकालका लािग लालवहादुर परियारको अध्यक्षतामा सर्व सम्वत रुपमा १३ सदस्यीय कार्य समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा गगांबहादुर परियार र विनोद परियार रहेका छन् भने सचिवपदमा विरु परियार, सह–सचिवमा सुरज परियार र कोषाध्यक्ष पदमा चित्रकुमारी गुरङ् चयन भएकी छन् । यसैगरी समितिका सदस्यहरुमा शान्ति परियार, राजन परियार, इच्छा वि.क., जिताराम महत, राममाया वि.क., विमाया परियार र एकवहादुर परियार रहेका छन् ।













Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .