BREAKING NEWS

Monday, January 9, 2017

लेखनाथ नगरपालिकाको २४ औं नगरपरिषदबाट २६ करोडको बजेट प्रस्तुत

लेखनाथ नगरपालिकाको २४ औं नगरपरिषदबाट २६ करोडको बजेट प्रस्तुत

लेखनाथ, पुस २५
लेखनाथ नगरपालिकाले  आगामी आर्थीक वर्ष २०७४÷७५ का लागि रु २६ करोड ४० लाख ५२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको  २४ औं नगरपरिषदबाट पारित निति तथा कार्यक्रम  आर्थीक वर्ष २०७४÷७५ का लागि उक्त बजेट अनुमान गरिएको हो । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरि २४ औं नगर परिषदले पारित गरेको बजेट, योजना, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्ष २०७३÷७४ का लागि २१ करोड ५२ लाख २० हजार रहेको थियो भने आगामी आर्थीक वर्षको लागि झण्डै पाँच करोडले वढी रहेको छ  ।
नगरपालिकाले आगामी आर्थीक वर्षका लागि आन्तरिक श्रोत तर्फ ४ करोड ६६ लाख ८२ हजार  र वाह्य श्रोत तर्फ रु २१ करोड ७३ लाख ७० हजार अनुमान गरेको हो ।
आन्तरीक श्रोत अन्तर्गत स्थानिय करबाट रु १ करोड ९८ लाख ८० हजार , सेवा शुल्कबाट १५ लाख ४० हजार, दस्तुरबाट रु २ करोड ३९ लाख ५० हजार। विक्रिबाट रु ६ लाख र अन्य आयबाट रु ७ लाख १२ हजार रुपैंया उठ्ने अनुमान गरेको  छ ।
नगरपालिकाले अनुमान गरेको यो बजेट चालु आर्थीक वर्षको भन्दा चालु आर्थीक वर्षका लागि १६.७३ प्रतिशतले बढी छ । गएको नगरपरिषदबाट आर्थीक वर्ष २०७३ ÷७४ का लागि २१ करोड ५२ लाख बिस हजार रुपैंया अनुमान गरिएको थियो ।
नगरपालिकाको प्रस्तावित बजेट अनुरुप सबै भन्दा धेरै कुल बजेटको ११ करोड ३६ लाख २४ हजार अर्थात ४३.३ प्रतिशत जनसंख्या तथा सामाजिक विकास शिर्षकमा खर्च हुने छ । त्यसैगरी पूर्वाधार तथा संरचना विकासमा आठ करोड ८८ लाख ९६ हजार अर्थात ३३.६७ प्रतिशत, संगठन तथा प्रशासनमा पाँच करोड ८ लाख ४१ हजार अर्थात १९.२५ प्रतिशत, कृषी, वन तथा वातावरणमा ५५लाख ४१ हजार अर्थात २.१ प्रतिशत, र जलश्रोत तथा भूमिमा ५१ लाख ५० हजार अर्थात  १.९५ प्रतिशत खर्च गर्न सकिने बजेट प्रस्तुत गरेको हो । 
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत  नवराज ढुंगानाले बजेट प्रस्तुत गर्दै  लेखनाथ नगरपालिका पनि पोखरा महानगरपालिकाको रुपमा रहने पक्का भएको अवस्थामा लेखनाथका लागि अहिले बनाइएका योजनाको सफल कार्यन्वयन गर्नु पर्ने बताए । यो बजेट लेखनाथको विकासमा ऐतिहासीक बनाउन सबै नागरीक र सरोकारवालाको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए ।
साथै उनले लेखनाथ नगर क्षेत्र भित्र हुने जग्गा विकासलाई कडाइका साथ लागु गर्ने र जग्गा प्लटिङ्का विषयमा अनुगमन गरी राजनितिक दलका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने बताएका थिए  ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रस्तुत बजेट जनता मुखी भएको र व्यवस्थित जग्गा विकास योजनाहरुलाई सफल कार्यन्वयन गर्न सुझाव  दिँदै लेखनाथलाई नयाँ पोखरा बनाउन सकिने धारणा राखेका थिए ।  
 लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले संचालन गरेको सो कार्यक्रममा कानुनी सल्लाहकार राममणि अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .