BREAKING NEWS

Monday, January 23, 2017

लेखनाथ जेसीजको पदस्थापन समारोह

लेखनाथ, १० माघ
जेसीआइ लेखनाथ को नव कार्यसमितीको पदस्थापना गरीएको छ । जेसीआइ लेखनाथ का बर्ष २०१६ का अध्यक्ष जेसी अर्जुन ओझाले वर्ष २०१७ का अध्यक्ष जेसी सन्दीप ढुंगानालाई पद हस्तान्तरण गरे पद हस्तान्तरण समाहरोमा जेसीआई चेन र पिन प्रदान तथा सफत ग्रहण गराईएको थियो ।


बिभिन्न क्षेत्रका १८ देखी ४० बर्ष उमेर समुहका ७० जना युवा सदस्य रहेको जेसीआइ लेखनाथको १९ औ साधारण सभा तथा १८ औ अधिबेशन ले जेसी सन्दीप ढुंगानाको नेतृत्वमा नयाँ कर्यसमिती चयन गरेको थियो । निर्बतमान अध्यक्ष अर्जुन ओझा कार्य कारीणी उपाध्यक्षमा टंक प्रसाद लामिछाने र शालिक राम ओझा, उपाध्यक्षमा नबराज पौडेल, गोपि कृष्ण तिवारी, प्रदिप आचार्य,नम्रता बास्तोला र शाखा सम्पादकमा आषिस अधिकारी चयन भएका छन् । कानुनि सल्लाहकार रोषन अधिकारी, महासचिब रिता भण्ट्टराई बास्तोला, कोषाध्यक्ष चिरन्जीवि न्यौपाने, सहसचिब कमल गौतम, बृद्धि सभापति रामचन्द्र गौतम पि.आ.रो. रोषन खनाल, कोष बृद्धि सभापति अमृत थापा, शुक्रबार सरिय प्रवचन माला संयोजक उत्तम श्रेष्ठ, मिडिया कोडिनेटर महेन्द्र ढुंगाना, तालिम आयुक्त सुर्य प्रसाद बास्तोला सचिबालय ब्यबस्थापन संयोजक सुजन न्यौपाने, जुनियर जेसीज संयोजक राजन परियार, अन्तर शाखा संयोजक अन्बेषण ओझा बातावरणीय संयोजक धिरज थापा, थिम कोडिनेटर कृष्ण कणेल, संघसस्था सम्वय संयोजक सन्तोष गुरुङ्क, मानब अधिकार संयोजक राजन बाबु ढुंगाना अन्तर शाखा संयोजक बिकास रानाभाट र बोड सल्लाहकार मा बद्रि पौडेल, बुद्धि प्रसाद बास्तोला, धुब्र बाबु भण्ट्टराई, शिव प्रसाद भण्डारी र सल्लाहकार हरुमा पुर्व अध्यक्ष सुरज जंग राणा,नरेन्द्र बास्तोला, ऋषि राम जम्मरकट्टेल, नबिन प्रसाद बास्तोला, नगेन्द्र बराल, चित्र भण्ट्टराई (सन्जय) र बिनोद प्रसाद लामिछाने छन् ।
नब निबाचित अध्यक्ष सन्दीप ढुंगाना द्रारा बर्ष २०१७ मा सबैलाई साथमा लियर रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता गरे र बर्ष २०१६ का अध्यक्ष जेसी अर्जुन ओझो ले आफ्ना कार्य समिती तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव हरुलाई आभार एवम धन्यवाद दिदै कार्यसमितीका साथी लाई मायाको चिनो प्रदान गरे ।         
पदस्थापन समारोहका प्रमुख अतिथी जेसीआई नेपालका राष्ट्रीय अध्यक्ष जेसी प्रकाश प्रसाद अधिकारी ज्यू ले युवा देशको दरीलो खम्बा भइकोले समाजमा सकरात्मक सन्देश दिदै राष्ट निमाणको अभियानमा सम्र्पुण नेपाल भरीका जेसीज लाग्नुपर्ने र नेपाल जेसीज बर्ष २०१७ को जेसीज गाउँको अबधारण सम्पुण शाखाहरुलाई ल्याउनका लागी जोड दिनु दिए ।
टंक प्रसाद लामिछानेले संयोजन गरेकोे कार्यक्रममा लेखनाथ जेसीजका संस्थापक अध्यक्ष श्री बाबुराम जम्मरकट्ठेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी लेखनाथ जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रीय कार्य कारीणी उपाध्यक्ष श्री एल.के शर्मा भट्टराइ, पोखरा जेसीजका अध्यक्ष जेसी शिब प्रसाद कोईराला, पोखरा लेडी जेसीजका अध्यक्ष जेसी सकुन्तला सुबेदि, सुक्लागण्डकी जेसीजका अध्यक्ष जेसी बिनोद राउत, व्यास नगर जेसीजका अध्यक्ष जेसी श्री कृष्ण बिजुश्रे लगायतकाले शुभकामना मन्तब्य राखेको कार्यक्रममा लेखनाथ हाडर्वयर एसोसेसन का अध्यक्ष सैलेन्द्र मोहन भण्टराई, पोखरा उद्योग बाणिज्य संघका सदस्य नरेन्द्र बास्तेला,  लेखनाथ सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डारी, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीकान्त ढुंगाना, श्रत्रशक्ती बचत तथा ऋण सहकारीका अध्यक्ष .ईन्द्र बहादुर थापा, नेपाल रेडक्रस सोसाईटी अघौ उपशाखाका अध्यक्ष हिरामणी सुबेदी, रोट¥याक क्लव अफ लेखनाथ का उपाध्यक्ष शिब प्रसाद अधिकारी, नेपालि कथानक चलचित्र लेक साईड का निमाता चन्द्र ज्योति ढुंगाना, लेखनाथ सामुदायीक प्रहरी सेवाकेन्द का अध्यक्ष ज्ञानेन्द्र बजागाई, लियो क्लव अफ लेखनाथ का उपाध्यक्ष लियो आर्दश मोहन भण्टराई, लेखनाथ भित्रका विभिन्न राजनीतिक पार्टीहरु लगायत, विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुका प्रतिनिधि तथा अध्यक्षहरु लगायत स्थानीय आमा समुह र समाजमा रहेका भद्र भलादमीहरुको उलेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन बर्ष २०१६ का सह–सचिव जेसी चिरन्जीवि न्यैपाने ले गर्नु भएको थियो र दोस्रो चरणको कार्यक्रम २०१७ का महासचिव जेसी रिता भट्टराई बास्तोलाले गर्नु भएको थियो  । लेखनाथ जुनियर जेसीजका बर्ष २०१६ का  अध्यक्ष जु जेसी अर्जुन बस्नेत ले बर्ष २०१७ का लेखनाथ जुनियर जेसीजका अध्यक्ष जेसी मनोज बराललाई सपथ एव. पद पदहस्तान्तरण गर्नु भएको थियो उक्त कार्यक्रमा बर्ष २०१६ का प्रथम महिला बिन्दु ओझाको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा पदहस्तान्तरण नहुन्जेल बर्ष २०१६ का अध्यक्ष जेसी अर्जुन ओझाले सभापतित्व गर्नू भएको थियो भने पदको सपथ तथा चेन हस्तान्तरण  भएपछी लेखनाथ जेसीज वर्ष २०१७ का अध्यक्ष जेसी सन्दीप ढुंगाना को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अमृता सम्मेलन अवार्ड शिब राज अधिकारी र दिनानाथ अवार्ड जेसी टंक प्रसाद लामिछानेलाई प्रदान गरीएको थियो ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .