BREAKING NEWS

Friday, January 13, 2017

सवैको योगदानवाट समाज रुपान्तरण गर्न सकिन्छ–मुख्य सचिव सुवेदी


भीमपाणि बराल
लेखनाथ,२९ पुस ।
नेपाल सरकारका मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले सवै बर्ग र तहको योगदानवाट मात्रै समाज रुपान्तरण गर्न सकिने वताएका छन् ।

लेखनाथ नगरपालिका वडा नं १ को भण्डारढिकमा संचालित जनप्रकाश वहुमुखी क्याम्पसको नवनिर्मित भवनको सुक्रवार उद्घाटन गर्देै उनले सवैको शुद्ध र मानविय सेवाका लागि गरिने विकासवाट प्रतिफल आउने विश्वास व्यक्त गरेका हुन् ।



अधिराज्यका स्थानीय तहवाट वार्षिक एक लाख भन्दा वढी नयां योजनाको लागि वजेट माग हुने गरेको जानकारी गराउंदै उनले विकास निर्माणमा स्थानीय जनताको होस्टेमा सरकार हैसे गर्न  तयार रहेकोले यो भबन बन्न सफल भएको हो उनको भनाई रहेको थियो ।

मुख्य सचिव डा.सुवेदीले सामुदायिक क्याम्पस र विद्यालयमा हुने लगानी अनुसारको प्रतिफल आउन नसकेकोमा असन्तोष व्यक्त गर्दै विकासका लागि स्वयम जनतामा पनि प्रतिवद्धता र शहजीकरणको अबस्यकता रहेकाले जहाँ जनताको सक्रियता देखिन्छ त्यहाँ राज्यको पनि ध्यान जाने बिचार राखेका थिए।

नेपाल सरकार स्थानीय विकास मन्त्रालय,विश्वविद्यालय अनुदान आयोग,पूर्वाधार क्षेत्र विकास कोष, लेखनाथ नगरपाालिका र क्याम्पसको आन्तरिक श्रोत एवंम चन्दादाताको सहभागितामा कुल एक करोड ४८ लाखको लागतमा र्दइ तलाको १२ कोठे भवन निर्माण गरिएको हो ।

क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वावुराम गिरी र लेखनाथ नगरपालिकाका पुर्व कार्यकारी अकिधृत जीवन ज्ञवाली,पश्चिमाञ्चल पब्लिक क्याम्पसका सचिव सुनिल मर्सानी,स्थानीय जंगवहादुर गुरुङ,टोल विकास समोन्वय समिति लेखनाथ १ की संयोजक मनदेवि गुरुङ र जनप्रकाश उच्च माविका प्रअ शिवमणी भण्डारी, लगायतले  आ –आफनो भनाई राखेका थिए।

क्याम्पस प्रमुख ऋषि बुढाथोकीले शौक्षीक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने समाजसेवी हिरामणि भण्डारी,नेपाल आदर्श मा वीका प्रिन्सीपल कमल गुरुङ्ग र पुर्व व्यवस्थापन समितीका अध्यक्ष माधव भण्डारीलाई सम्मान गरिएको उत्त कार्यक्रमको सञ्चालन उप प्राध्यापक अर्जुन ओझाले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .