BREAKING NEWS

Thursday, December 1, 2016

लेखनाथमा तीन पिप्ले यूवा क्लवको गठन


लेखनाथ–०८, शिशुवाको तीन पिप्ले टोलमा “तीन पिप्ले यूवा क्लब”को स्थापना भएको छ । सन्तोष भुर्तेलको अध्यक्षतामा गठित एघार सदस्यीय क्लबको उपाध्यक्षमा धिरज थापा, सचिवमा चिरञ्जीवी न्यौपाने, कोषध्यक्षमा देवेन्द्रराज तिवारी र सहसचिवमा अमृत कँडेल रहेका छन् भने अन्य कार्यसमिति सदस्यहरुमा नारायण आचार्य, विकल पौडेल, दिपक जि.सी., विवेक कुमाल, सुजु गौतम र कृष्ण तिवारी रहेका छन् । 

विजया दशमी अघि नै तदर्थ समितिको निर्माण गरी अगाडि बढेको क्लवले दशैंको अवसरमा पिङ निर्माण एवं तिहारमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको थियो । यसै गरी नवनिर्वाचित क्लवको सपथ ग्रहण कार्यक्रम यही मंसिर १७ गते शुक्रबार हुने भएको छ । साथै मंसिर १८ गते शनिवार टोल वरिपरिको सडक मर्मत तथा सरसफाई कार्यक्रम हुने जानकारी क्लवका नवनिर्वाचित अध्यक्ष सन्तोष भुर्तेलले दिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .