BREAKING NEWS

Sunday, December 25, 2016

न्यू लाईटको रजत जयन्ती सम्पन्न



भीमपाणि बराल
लेखनाथ,१०पुस।
लेखनाथ नगरपालिका वडा नं ८ शिसुवामा रहेको न्यू लाईट माविको विविध कार्यक्रमका साथ आफनो रजत जयन्ती समारोह सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले राज्य र निजी क्षेत्र मिलेर गुणस्तरीय शिक्षालाई अगाडी वढाउनु पर्नेमा जोड दिदै शौक्षिक विकासमा निजी क्षेत्रको सहयोगलाई राज्यको तर्फबाट सदैव कदर भईरहेको  विचार राखेका थिए।

अहिलेको आवस्यकता भनेको दक्ष जनशक्ति निर्माण गरि आधुनिक र प्राविधिक शिक्षाको माध्यमवाट अगाडी वढ्नु पर्छ जसले खोजमुल र आविस्कारको सृजना गर्न सकोस् अधिकारीको भनाई रहेका थियो।
सोही अवसरमा बोल्दै हिसान कास्कीका अध्यक्ष बावुराम पन्थले शिक्षा निजी क्षेत्रको सस्था मात्र नभई सामाजीक सस्था भएकाले विद्यार्थी,अभिभावक र शिक्षकको खुसी नै विद्यालयको प्रगति भएको धारणा राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हर्कवहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य माधवशरण उपाध्याय,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,शिक्षासेवी मधुसुधन सापकोटा,भुपु विद्यार्थी धु्रव गुरुङ र अभिभाहरुको तर्फबाट राजु अधिकारी लगाएतले गुणस्थरीय शिक्षा नै अहिले आवस्यकता रहेको विचार राखेका थिए।


विद्यालयका प्राचार्य बुद्धिप्रसाद वास्तोलाले विद्यालयको प्रगती विवरण र भावी योजनाका बारेमा जानकारी दिएको सो कार्यक्रमको संचालन शिक्षक प्रमोद पाण्डे र स्वागत मन्तव्य विद्यार्थी उपमा देवानले गरेका थिए।
विविध सांस्कृतिक कार्यक्रम र बिद्यालयको शैक्षिक तथा सामाजीक क्षेत्रको विकासमा सहयोग पु¥याउदै आउनु भएका शिक्षसेवी,पुर्व ब्यवस्थापन समितिका पदाधिकारी तथा विद्यालयमा लामो समय सम्म सेवा गर्दै आउनु भएका शिक्षक  तथा  कर्माचारीहरुलाई सम्मान गरिएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .