BREAKING NEWS

Saturday, December 10, 2016

साथी संसार नेपालको भवन सिलन्यास


भीमपाणि बराल
लेखनाथ,२५मंसिर।
मस्तिस्क पक्षघातका बाल बालिकहरुको हेरचाहका सहयोग पु¥याउने उद्यश्यले साथी संसार नेपालले लेखनाथको वडा नं १२ पावर हाउसमा दिवा सेवा भबन निर्माण गर्ने भएको छ।
Photo: Sathi Sansar, Lekhnath
बालवालिकाको रेखदेखमा सहयोग पुग्ने गरि निर्माण गर्न लागिएको चार कोठे भवनको स्थानिय समाजसेवी बालकृष्ण वडगामीले एक समारोहका बीच शिलन्यास गरेका छन् ।
करिव १५ लाखको लागतमा स्थानीय सामाजीक संघ सस्था र ब्यक्ति विशेषहरुबाट चन्दा संकलन गरि निर्माण गर्न लागिएको भवनमा मश्तिस्क पक्षघात भएका वालवालिकाको दिउसोमा हेरविचार र पठन पाठनको ब्यवस्था मिलाईने भएको छ।
भवन निर्माण समितिका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रममा साथी संसार नेपालका केन्द्रिय प्रतिनिधी विष्णु प्रसाद लामिछाने, स्थानीय समाजसेवी कृष्णप्रसाद लामिछाने, सस्थाका सचिव कृष्णप्रसाद पौडेल र कोषाध्यक्ष विश्वराज लामिछाने लगाएतले भवन निर्माणमा सहयोगको सहयोग र सद्भाव रहने विश्वास ब्यक्त गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .