BREAKING NEWS

Thursday, December 1, 2016

माझठान ६ का जेष्ठ नागरिकलाई सम्मान


लेखनाथ, १६मंसिर। 
सचितानन्द सोसाईटी नेपालको बार्षिक कार्यक्रम अन्तरगत कास्कीको माझठाना गाविस वडा नं ६ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। 
माझठाना गाविस वडा नं ६मा बासोवास गर्दै आएका सवै समुदायका ६५ वर्ष भन्दा माथिका ४८ जना जेष्ठ नागरिकहरुलाई जाडोका लागि उपयुक्त हुने कम्वल र फलपुलबाट सम्मान गरिएको हो । 
कार्यक्रममा बोल्दै सस्थाका सदस्य एवंम कार्यक्रम संयोजक बावुराम थापाले मनुस्य भएर जन्मिए पछि सामाजिक कार्य गर्नु, दान गर्नु र पुण्यका कार्यहरु गर्दा जिवन धन्य हुने कुरा बताएका थिए। 
स्थानिय ८८ बर्षिय गुरु प्रसाद भुर्तेलको अध्यक्षतामा भएको सो कार्यक्रममा राजनितिक कर्मी सुर्यप्रसाद तिवारी र कालिप्रसाद भुर्तेल लगाएतले कार्यक्रमको उदेश्य माथि प्रकास पारेको सो कार्यक्रमको संचालन जीवन तिवारीले गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .