BREAKING NEWS

Thursday, December 15, 2016

लेखनाथ पत्रकार मञ्च विधिवत दर्ता


लेखनाथ,३० मंसिर।

संम्मृद्ध लेखनाथका लागि पत्रकारीता भन्ने मुल नाराका साथ स्थापना भएको लेखनाथ पत्रकार मञ्च विहिवार देखि विधिवत रुपमा दर्ता भएको छ।
कास्की क्षेत्र नं १ अन्तरगत लेखनाथ नगर पालिकालाई कार्यक्षत्र बनाएर वा जन्मस्थल भएका पत्रकारहरुको साझा सस्थाका रुपमा विस २०६७ सालमा स्थापाना भएको मञ्चले विहिवार जिल्ला प्रशासन कार्यालय कास्कीवाट सस्था दर्ताको प्रमाण पत्र पाएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मोहन बहादुर थापाले सस्था दर्ता नं ३६०२ को प्रमाण पत्र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि वराललाई हस्तान्त्रण गरेका हुन् ।
समग्र पोखरा उपत्यकाको आर्थीक तथा सामाजीक विकासका लागि पत्रकारीताको क्षेत्रबाट  अगाडी वढाउने उदेश्यले स्थापना भएको लेखनाथ पत्रकार मञ्चले मंसिर ३० गतेलाई आफनो स्थापना दिवसका रुपमा मनाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सस्था दर्ताको प्रमाण पत्र पाएको लेखनाथ पत्रकार मञ्चले पहिलो स्थापना दिवसको अवसर पारेर विहिवार लेखनाथको अर्घौचोकमा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमा सरसफाई र माल्यापण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रजातन्त्रका सेनानी हिरामणि सुवेदीले सस्था दर्ताको प्रमाण पत्र लोकार्पण गर्दै लेखनाथ पत्रकार मञ्चका कार्यसमिति सदस्यहरुलाई सामुहिक रुपमा हस्तान्त्रण गरेका थिए।
कार्यक्रममा कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समोन्वय परिषद कास्कीका संयोजक तिलकशाली सापकोटा,लेखनाथ अर्घौ वजार ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद भण्डारी,मञ्चका उपाध्यक्ष कविराज खनाल,सचिव विष्णुहरी पौडेल,कोषाध्यक्ष सन्दिप पौडेल र सदस्य राजन परियार लगाएत सुभेच्छुकहरुको उपस्थीति रहेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .