BREAKING NEWS

Saturday, December 10, 2016

लेखनाथमा लागु औषध र महिला हिंसाका वारेमा जनचेतना


लेखनाथ,२५ मंसिर
सामुदायिक सेवा केन्द्र लेखनाथले लागु औषध र महिला हिंसाका घटनालाई न्युनिकरण गराउने उदेस्यले लेखनाथको बुढिवजारमा एक दिने जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ।
युवा अवस्थामा देखिने लागु औषधको प्रयोगलाई रोकथाम गराउदै सभ्व र सुसस्कृती समाज निर्माणमा अभिभावको दाईत्वका विषयमा केन्द्रित कार्यक्रममा बोल्दै डाडाकोनाक प्रहरी चौकीका ईन्चिार्ज जितजंग महराले लागु औषध युवा अवस्थामा देखिने कुलत भएकाले यसको रोकथाका लागि स्वयम अभिभावहरु सचेत हुनु पर्नेमा जोड दिएका थिए।
सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रmममा प्रहरी साहायक निरिक्षक टंकप्रसाद पौडेलले लागु औषध र कृष्ण रेग्मीले महिला हिंसाको रोकथामका बारेमा जानकारी गराएका थिए ।
सस्थाका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य पुर्व अध्यक्ष ईश्वरी प्रसाद अधिकारीले गरेका थिए भने सिमलपोखरा टोल विकास सस्थाका अध्यक्ष कविता घिमीरे लगाएतले आ –आफनो धारणा राखेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .