BREAKING NEWS

Wednesday, December 28, 2016

कवि शिरोमणिको त्रिदिवसिय जन्मजयन्ती सुरु


भीमपाणि बराल
लेखनाथ,१३ पुस ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३३ औं जन्मजयन्तीको त्रिदिवसिय कार्यक्रम वुधबार देखि सुरु भएको छ ।
कविको संझनामा हरेक वर्ष लेखनाथ नगरपालिकाको संयोजन र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ उद्योग वाणिज्य संघ र विभिन्न सामाजीक संघ सस्थाको सहकार्यमा जन्मजयन्ती मनाउदै आइंएको हो।

यसै क्रममा जन्मजयन्तीको पहिलो दिन कवि शिरोमणिको प्रतिमा रहेको अघौ चोक वरपर सरसफाई र रङरोगन गर्ने काम सम्पन्न भएको छ ।

पहिलो दिनको कार्यक्रममा सृजना बहिरा माबिका विद्यार्थी,लेखनाथ अर्घौ वजार ब्यवस्थापन समिति र लेखनाथ जेसिजको सक्रियतामा सरसफाइको काम सम्पन्न भएको थियो भने अघौ अर्चलेमा रहेको तरुण तपसी पार्क र जन्मघर वरिपरी पनि सरसफाइ गरिएको जन्मस्थल विकास समितिका अध्यक्ष बिष्व प्रकाश लामिछानेले जानकारी दिएका छन् ।

यसै गरी जन्मोत्सव समारोहको दोस्रो दिन पुष १४ गते लेखनाथ नगर स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिने  भएको छ जसको संयोजन लायन्स क्लव अफ लेखनाथले गर्ने भएको छ।

त्रि दिवसीय कार्यक्रमको अन्तीम दिन पुस १५ गते कवि शिरोमणी लेखनाथ पौडेलले रचना गरेको साहित्यिक कृती तरुण तपसी महाकाव्यको नाममा निर्माण गरिएको तरुण तपसी पार्कको उद्घाटन गरिने जन्मस्थल विकास समितिका सचिव मनोज पौडेलले जानकारी दिएका छन् ।

 सोही दिन कबिको जन्मस्थल अर्घो अर्चलेमा मूल समारोहको आयोजना गरि विभिन्न साहित्यीक स्रस्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कारवाट साहित्यकार तथा भाषाविद्ध प्राध्यापक वालकृष्ण पोखरेल सम्मानति हुँदैछन् भने सोहि कार्यक्रममा लेखनाथ पत्रकार मञ्चले यसै वर्ष देखि स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार मेघराज आचार्यलाई पुरस्कृत गरिने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बरालले जानकारी दिएका छन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .