BREAKING NEWS

Thursday, December 29, 2016

कवि शिरोमणि लेखनाथ पौडेलको १३३ औं जन्म जयन्ती आज


आज पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको १३३ औं जन्म जयन्ती। कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीमाकविको संझनामा हरेक वर्ष लेखनाथ नगरपालिकाको संयोजन र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ उद्योग वाणिज्य संघ र विभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा जन्मजयन्ती मनाउदै आइंएको छ।यसै क्रममा जन्मजयन्तीको पहिलो दिन वुधबार कवि शिरोमणिको प्रतिमा रहेको अघौ चोक वरपर सरसफाई र रङरोगन गर्ने काम सम्पन्न भएको छ । पहिलो दिनको कार्यक्रममा सृजना बहिरा माबिका विद्यार्थी,लेखनाथ अर्घौ वजार ब्यवस्थापन समिति र लेखनाथ जेसिजको सक्रियतामा सरसफाइको काम सम्पन्न भएको थियो भने अघौ अर्चलेमा रहेको तरुण तपसी पार्क र जन्मघर वरिपरी पनि सरसफाइ गरिएको जन्मस्थल विकास समितिका अध्यक्ष बिश्व प्रकाश लामिछानेले जानकारी दिएका छन् । दोस्रो दिन विहिवार विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरियो ।

प्रतियोगितामा  २० जना विद्यार्थीहरु सहभागि थिए । लेखनाथ लायन्स क्लवको संयोजनमा भएको कविता प्रतियोगितामा कवि शिरोमणी लेखनाथ जन्मस्थल विकाश समिति, लेखनाथ नगरपालिका , लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ उद्योग वाणिज्य संघले सहयोगी भूमिका निर्वाह गरेका थिए ।प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई राष्ट्रपुकार शीर्षकमा वढीमा एक सय ५० शव्दमा कविता लेख्न दिइएको थियो । एक घण्टाको समयमा कविता लेखेर विद्यार्थीहरुले प्रतियोगितामा वाचन गरेका थिए । प्रतियोगितामा घोकाएर र अरुले लेखेका कविता ल्याएर वाचन गर्ने परंपरा वढ्दै गएपछि त्यस्लाई निरुत्साहित गर्न र स्रस्टाहरुमा  सृजनशिलता र मौलिकताको विकास गर्न निश्चित शीर्षक, समय र स्थानमा वसेर कविता लेख्न लगाईएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले वताए ।प्रतियोगितामा गोगन माविकी रक्षा पण्डित प्रथम भएकी छन् । त्यसैगरी डार्यमण्ड माविका मनिसा स्ुवेदी द्धित्तिय, गोगन माविका निरज भट्टराई तृतीय र  डार्यमण्ड मोडलका कञ्चन खनाल सान्त्वना भए । कृष्णराज पौडेल, नारायण मरासिनी, नवराज अधिकारीले निर्णायक मण्डलमा रहेका थिए ।  प्रतियोगितामा विजयी हुनेहरुलाई शुक्रवार अर्घो अर्चलेमा हुने मूल समारोहमा पुरस्कार वितरण गरिने कार्यक्रमका संयोजक अर्जुन प्रसाद अधिकारीले जानकारी दिएका छन् । राष्ट्रियता प्रति समर्पित शीर्षकमा कविता लेखेका विद्यार्थीहरुले  आफ्ना कविता मार्फत देसको रक्षागर्न र शान्ति स्थापना गर्न, कर्मठ यूवालाई राष्ट्रनिर्माणमा लगाउन, तथा नेपाली मन कहिल्यै पनि धन दौलतसँग साटिदैन भन्ने भाव व्यक्त गरेका थिए ।  कार्यक्रममा अन्य विद्यार्थीहरुले समेत अप्रतियोगीको रुपमा आफ्ना कविता वाचन गरेका थिए ।  

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार  तथा समालोचक डा रविलाल अधिकारीले साहित्य लेखनवाट ठूलो मात्रामा आर्थिक सुधार नभएपनि समाज रुपान्तरणका लागि साहित्यकारहरु लाग्दै आएको वताए । उनले साहित्यमा माध्यमिककालीन युगवाट आधुनीककालको सुरुवात गरेका कविशिरोमणि लेखनाथको वाल्यकाल र जीवनका घटना तथा परिघटनाका वारेमा चर्चा गरे । लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले कविशिरोमणीले  अर्घौ अर्चलेवाटै प्राकृितक सुन्दरताको व्याख्या गरेकाले त्यस्लाई साहित्यीक पर्यटकीय स्थलका रुपमा विकास गर्दै लैजाने वताए ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथको सम्मानमा आयोजित कार्यक्रममा नीजि क्षेत्र सदैव हातेमालो गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।लेखनाथ नगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारीले लेखनाथ जन्मस्थल विकास समितिले सो क्षेत्रमा गरेका कामहरुले थप उत्साही वनाएको भन्दै प्रशंसा गरे । कविता लेखन तथा वाचन प्रतियोगिता लायन्स क्लव अफ लेखनाथका अध्यक्ष सुर्यनारायण वरालको अध्यक्षतामा भएको थियो ।विश्व साहित्यमा आफ्नो अलग्गै स्थान वनाएको कवि शिरोमणिको तरुण तपसी काव्यको नाममा अर्घो अर्चलेमा तरुण तपसी पार्क निर्माण गरिएको छ । उक्त पार्कको शुक्रवार नै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेती र साहित्यका र तथा भाषाविद्ध वालकृष्ण पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा विभिन्न साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ । यस वर्षको एलसीमा लेखनाथका सामुदायीक विद्यालयका तर्फवाट सर्वोत्कृष्ट हुने छात्रा तर्फ गोगन माविकी आकृती खनाल, कुन्ती देवी शिक्षा पुरस्कारवाट नगद रु दस हजारले सम्मानित हुँदैछन् भने चन्द्रकान्त शिक्षा पुरस्कारवाट सामुदायीक विद्यालय तर्फ सर्वोत्कृष्ट हुने गोगन माविका आकास जैसी, र सस्थागत विद्यालय तर्फ सर्वोत्कृष्ट हुने जुनियर सिटिजन एकेडेमीका नम्रता आचार्य पुरस्कृत हुने भएका छन् ।यसैगरीफणिन्द्र कुमारी ढकाल छात्रवृत्ति वाट लक्ष्मी आदर्शवाट यस वर्षको एस एलसीमा सर्वोत्कृष्ट भएका अनिल भूजेल र मधुमाया ढकाल छात्रवृत्ति वाट जनज्योती मावि कालिकाका विद्यार्थी पुरस्कृत हुँदैछन् ।कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मूल समारोहमा पुरस्कार प्रदान गरिने समितिका सचिव मनोज पोडेलले वताए ।

सोही कार्यक्रममा लेखनाथ पत्रकार मञ्चले यसै वर्ष देखि स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार मेघराज आचार्यलाई पुरस्कृत गरिने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बरालले जानकारी दिएका छन् । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपियाँ रहेको छ । पत्रकार आचार्य लेखनाथ नगरपालिका भैसकेपछि लेखनाथमा पत्रकारिताको व्यवसायिक शुरुवात गरेर यस क्षेत्रको आर्थिक , सामाजिक पक्षलाई उजागर गर्न अफसेट प्रेस समेत स्थापना गरी तत्कालीन अवस्थामा तालनगरी पत्रिकाको सम्पादन गरेका पत्रकार हुन । २०६२÷६३ को जनआन्दोलनका क्रममा लेखनाथमा पत्रकारिता गर्दा गर्दै घाइते भएका पत्रकार आचार्य अहिले काठमाण्डौंमा रहेर उपचार गराउँदैं पत्रकारीतामा समेत सक्रिय रहेका लेखनाथ पत्रकार मञ्चकासचिव विष्णुहरी पौडेलले वताए।
कविशिरोमणि लेखनाथ पौड्यालको जन्म वि.स. १९४१ पुस १५ गते लेखनाथ नगरपालिका वडा नं. ६ अर्घौ अर्चलेमा पिता दुर्गादत्त र माता वसुन्धरा देवी पौड्यालको कोखवाट भएको हो । गाउँमा सामान्य शिक्षा पाएर गाई, चराउदै र पढ्दै गर्दा एक दिन पितृ प्रसादले उहाँलाई कविता लेखनमा तलाई के चासो ?भनेर होच्याउँदा धेरै पढेर कविता लेख्ने प्रेरणा उहाँमा जाग्यो र १५ वर्षको उमेरमा काठमान्डौ गई तीनधारा पाठ्शालामा भर्ना भई पढेका उनले मध्यमा सम्मकोृ औपचारिक शिक्षा पाएका कविका कृतिहरुमा वुद्धि विनोद, ऋतु विचार, सत्यकाली संवाद, तरुण तपसी, लातित्य माग १ र २ कृष्ण  कलीनाटक लगायत डेढ दर्जन भन्दा वढी लेखेका कविले २००८ सालमा सम्मान तथा पुरस्कार पाएका  उनलाई श्री ५ त्रिभुवन वाट कविशिरोमणिको उपाधि पाई २०११ साल पुस २० गते रथ यात्रा सहित अभिनन्दन गरिएको थियो । त्यसैगरी २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कारवाट  ( मरोणोपरान्त)समेत सम्मान गरिएको थियो  । भने २०२२ साल फाल्गुण ७ गते देवघाट चितवनमा उहाँको स्वर्गारोहण भएको थियो ।कविशिरोमणि लेखनाथ पौड्यालको नाममा विभिन्न  सामाजिक संघ , संस्थाको नाम राखिऐको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .