BREAKING NEWS

Friday, December 30, 2016

कवि शिरोमणिको जन्मजयन्तीमा सष्टालाई सम्मान

कवि शिरोमणिको जन्मजयन्तीमा सष्टालाई सम्मान ।
अर्घौ अर्चलेलाई साहित्यक तिर्थस्थलको रुपमा विकास गरौं ।


कविराज खनाल
लेखनाथ,१५ पुस ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३३ औं जन्मजयन्तीको अवसरमा सुक्रवार  लेखनाथ पौडेलको जन्मस्थल  अघौं अर्चलेमा विविध कार्यक्रमका साथ साहित्यीक सस्टाहरुलाई सम्मान गरिएको छ। सोही अवसरमा  लेखनाथ साहित्य प्रतिष्ठानवाट स्थापित  रु .५० हजार राशीको लेखनाथ साहित्य पुरस्कारवाट  वरिष्ठ भाषाविद् ,प्राज्ञ र प्राध्यापक साहित्यकार वालकृष्ण पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै लेखनाथ पत्रकार मञ्चद्धारा पहिलो पटक स्थापना गरिएको रु .११, १११ ।– राशीको लेखनाथ पत्रकारिता पुरस्कारवाट पत्रकार मेघराज आचार्य पुरस्कृत भएका छन्  ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले श्रष्टाहरुलाई नगद, पुरस्कार तथा प्रशंसापत्रवाट सम्मान गर्दै सास्कृती रुपमा नेपाललाई स्वाभिमान राष्ट वनाउनका लागि साहित्यकारहरुको भुमिका महत्व पुर्ण भएको विचार राख्दै कला,साहित्य,भाषा र अन्वेशणको क्षेत्रमा काम गर्नेहरुले राष्ट्रियताको पहिचान हुने गरि राष्टवादी सोचले अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए।



जव जनता जागरुक हुन्छन् त्यहाँ सरकारको पनि ध्यान जाने विचार राख्दै कुलपति उप्रेतीले विकासका लागि राष्ट्रिय पहिचानसँग साहित्यकारहरुको भुमिका महत्वपुर्ण हुने भएकाले राष्ट्रिय पहिचान गराउने ब्यक्तिको चौतफी सम्मान हुने विचार राखेका थिए।
त्यसै गरि कुन्तीदेवी शिक्षा पुरस्कारवाट गत वर्षको एसएलसी परीक्षामा लेखनाथ नगरपालिका सामुदायिक विद्यालयहरु मध्येवाट सर्वोत्कृष्ट अंक ल्याउने गोगन मा .वि की आकृति खनाललाई  रु .१० हजार राशीको कुन्तीदेवी शिक्षा पुरस्कारवाट सम्मान गरिएको छ भने  चन्दकान्त ÷ मधुमाया  र फणीन्द्र कुमारी छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

त्रिदिवसिय कार्यक्रम अन्तरगत सुक्रवार राखिएको समापन कार्यक्रम पुर्व ,लेखनाथको अघौंचोकमा रहेको लेखनाथ पौड्यालको शालिकमा माल्यार्पण र  तरुण तपस्वी पार्कको उद्घाटन  समेत गरिएको थियो ।

कविशिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपमहानगर पालिका तथा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले कविको जन्मस्थल साहित्यीक तर्थ स्थलको रुपमा विकास गराउनु  पर्नेमा जोड दिएका थिए भने सम्मानीत ब्यक्तित्व बालकृष्ण पोख्रेलले सिकाई जिबन्त हुनु पर्नेमा जोड दिदै राष्ट र राष्ट्रयताका लागि ईतिहास रहने गरि काम गर्न सवैमा अनुरोध गरेका थिए ।
  
कार्यक्रममा कवि शिरोमणिको परिवारको तर्फबाट डा.प्रतिभा पाण्डे,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ पत्रकारीता पुरस्कारबाट सम्मानीत पत्रकार मेघराज आचार्य,नेपाली काग्रेस लेखनाथ नगर सचिव ध्रुवनाथ अधिकारी,साहित्यकार यम वहादुर पौडेल क्षेत्री,हनिफ मियाँ,साहित्यीक सष्टा बेदनाथ अधिकारी, वलराम तिमिल्सेना पत्रकार भीमपाणी वराल, साहित्यकार डा .शुक्रराज अधिकारी,लगायतका वक्ताहरुले लेखनाथको अर्घौ अर्चललेलाई साहित्यक पर्यटनको रुपमा विकास गराउनु पर्नेमा जोड दिएका थिए।

विभिन्न एक दर्जन भन्दा वढि कवि एवंम साहित्यकारहरुले कविता वाचन गरेको सो कार्यक्रमको संचालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए भने लेखनाथ नगरपालिकाका कानुनी सल्लहाकार राममणि अधिकारीले स्वागत  र प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले स्वागत गीत प्रस्तुत गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .