BREAKING NEWS

Sunday, November 27, 2016

योग तथा मुटु सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

लेखनाथ ११ मंसिर
शकाहारी समाज लेखनाथको आयोजनामा लेखनाथ ८ मोहरीया स्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा १ दिने योग तथा मुटु शिविर शानिवार सम्पन्न भएको छ । स्वस्थ जिवनका लागी स्वस्थ मुटु सँगै शाकाहारी खाना नाराका साथ आयोजना गरीएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ चिकित्सक डा कालु शर्माले योग र रोगको वारेमा प्रशिक्षण गराएका थिए । 

उनले शाकाहारी जिवनशैली र मुटुको हेरचाह गर्न व्यायाम र खानपानमा हेरचाह गर्नुपर्नेमा जोड दिए । शाकाहारी समाज लेखनाथका आध्यक्ष राममणी अधिकारीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन प्रसाद तिवारीले गर्नुका साथै स्वागत कोषाध्यक्ष दुर्गा न्यौपानेले र धन्यवाद उपाध्यक्ष प्रेम थापाले गरेका थिए । प्रशिक्षण कार्यक्रममा करीव ८० जनाको सहभागी रहेको थियो ।






Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .