BREAKING NEWS

Sunday, November 20, 2016

लेखनाथमा टेक्टर दुर्घटना एकको मृत्यु

भीमपाणि बराल
लेखनाथ,५मंसिर।
लेखनाथ नगरपालिका वडा नं १६ को लामगादी स्थीत ठुलोपाखामा आईतवार दिउसो भएको टेक्टर दुर्घटनामा परि चालक रामनारायण यादवको मृत्यु भएको छ।

पुडीबाट गिटी लिएर लामगादी तर्फ आउदै गरेको ग १ त ३७५३नम्वरको टेक्टर ओभर लोडका कारण सडक छेउवाट करिव दुई सय मिटर तल सेती नदिमा खस्दाँ रैतहट घर भएका चालक रामनारायण यादवको घटना स्थल मै मृत्यु भएको हो।

लेखनाथ नगरपालिका वडा नं १ निवासी निर्माण ब्यवसायी कर्णबहादुर सुनारको उत्त टेक्टर बाटोवाट तल खसि सेती नदिको पानीमा डुवेको छ। मृतक यादवको सव नदि कनिरामा रहेको र टेक्टरको एक वटा पाग्रो फुत्कीएर बाहिर देखिएको घटना स्थलमा पुगी उद्रकार्यमा संलग्न गगनगौडा अस्थाई ट्राफिक पोष्टका प्रहरी साहायक निरिक्षक रुद्रवहादुर मल्लले जानकारी दिएका छन्

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .