BREAKING NEWS

Monday, November 21, 2016

लेखनाथका ब्यवसायीलाई कर शिक्षा प्रशिक्षण

लेखनाथ,६ मंसिर।
“गौरबका साथ तिरौ कर संबृद्ध राष्ट्र हाम्रो रहर” भन्ने मुल नाराका साथ पाचौं राष्ट्रिय कर दिबस तथा कर सप्ताह २०७३ को अवसर पारेर करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार लेखनाथका उद्योग वाणिज्य संघमा सम्पन्न भएको छ । 
लेखनाथ उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा भएको कर शिक्षा कार्यक्रममा पेशा ब्यवसाय दर्ता, कर प्रणालीका बारेमा जानकारी दिईएको थियो। 
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत लेखनाथ शर्माले हामीले तिरेको कर हाम्रै राष्ट्र निर्माणका लागि खर्च हुने हुदां सवैले कर तिरी सभ्य नागरीक बन्नका लागि अनुरोध गर्नुहुदैं कर कार्यालय व्यवसायिक मैत्री भएर अगाडी वढ्न तयार रहेको विचार राख्नु भएको थियो।  
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र पुर्व अध्यक्ष सुमन भटराईले सवै ब्यवसायिहरुमा कर तिरेर सच्चा नागरीक बन्ने सोचको विकास भइरहेको धारणा राख्नुभएको थियो । 
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा कर अधिकृत सुनिलराज देवकोटा, केशर बहादुर थापा र नायव सुब्वा जोतेन्द्र पौडेलले सहजिकरण गर्नका साथै व्यवसायीका जिज्ञासा समाधान गर्नुभएको थियो ।
संघका महासचिब छत्रधर आत्रयले संचालन गर्नुभएको सो कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले गर्नुभएको थियो । 
यसै विच गत आर्थिक वर्षमा कर प्रशाासन, कर सचेतना, सहभागिता तथा संकलनको अभियानमा संस्थागत तर्फबाट लेखनाथ उद्योग बाणिज्य संघले पु¥याएको योगदानको कदर गर्दै मंगलवार एक कार्यक्रमका विच आन्तरिक राजश्व कार्यालय पोखराले सम्मान गर्ने कार्यक्रम रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .