BREAKING NEWS

Tuesday, November 15, 2016

राजमार्गमा स्वस्ति शान्ति


लेखनाथ, ३० कार्तिक
पृथ्वी राजमार्गको विजयपुर देखि कोत्रेसम्मको क्षेत्रमा वढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न विजयपुरका स्थानियवासीहरुले वाटोको विचमा पुजा मण्डप वनाई स्वस्ति शान्ति गरी जलार्पण गरेका छन् । सवारी चापका कारण दुर्घटनावाट मृत्यु भएका ब्यक्तिको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभ र आगामी दिनमा कुनै पनि प्रकारका सवारी दुर्घटनामा परी कोही कसैले पनि अकालमा ज्यान गुमाउन वा अपाङग हुन नपरोस भन्ने कामना गर्दै स्वस्ति शान्ति गरिएको हो । 

जागृती आमा समुह लेखनाथ ५ बिजयपुर,विजयपुर महिला समुह र शान्तिमार्ग टोल विकास सस्था लगाएत स्थानीयवासीको सहयोगमा संगम नगर देखि विजपुर खोलासम्म कलश यात्रा सहित बाटोमा जलार्पण गरिएको जागृती आमा समुहकी अध्यक्ष मिना श्रेष्ठले जानकारी दिएकी छन् । पुजाको कर्ताको रुपमा स्थानीय चित्र बहादुर केशी रहनु भएको थियो भने पुजारीको रुपमा संकर अधिकारी र नन्दलाल पौडलले सहजीकरण गर्नु भएको पुजाबाट राजमार्गमा सवारी दुर्घटनामा कमी आउन सक्ने विश्वास पुजा ब्यवस्थापन समितिका संयोजक देवी पराजुलीको भनाई रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .